अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, ८ माघ (रासस) आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ । 
पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता