इलाम माबुको पञ्चकन्या माईले शेयर निष्काशन ग¥यो

इलाम ६ माघः इलाममा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले शुक्रबारबाट स्थानियका लागि सेयर निस्कासन गरेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका स्थित माइखोखामा सञ्चालित कम्पनीले शुक्रबारबाट स्थानीबासीका लागि शेयर निष्कासन गरेको हो ।
 १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । 
खरिदकर्ताहरुले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताए । आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका सेयर निष्कासन गरेको हो । कम्पनीले यहाँका स्थानियका लागि रु. ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरेको हो । 
प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाबासीका लागि ६ लाख ६० हजार तथा इलाम नगरपालिकाबासीले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता