इलाम, ३० पुसः माघेसङ्रन्ती नजिकिए सँगै विभिन्न किसिमका तरुलको व्यापार बढेको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै सदरमुकाम इलाम बजारमा लाग्ने हटिया बजारमा तरुलको व्यापार बढेको हो ।
माघे संक्रन्तिमा तरुल खानै पर्ने मान्यताले पनि यती बेला तरुल किन्न धरै मानिस आउने गरेकोले तरुलको ब्यापार बढेको व्यापारीहरुको भनाई रहेको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै बजारमा यति बेला घरतरुल ,ईस्कुसका जरा, बनतरुल, सिमलतरुल, लगायतका तरुलका प्रकारहरु पाईने गरेको स्थानिय व्यापारी हरी राईले बताए ।
अहिले ईलाम सदरमुकाम र आस्पास का बजारहरु मा घरतरुल प्रतिकिलो ८० रुपैया, बन तरुले २०० रुपैयाँमा कारोबार भईरहेको व्यापारीहरुको भनाई छ । गाँउबाटै खनेर ल्याएको ताजा तरुल सदरमुकाममा लाग्नने हटिया बजार र अन्य पसलमा समेत बेच्न राखीएको छ ।
तरुललाई पुसमा पकाएर माघ मा खाने परम्पराले पनि पुसको अन्त्यमा तरुलको कारोबार बढि हुने गरेको छ । घरका सबै परिवार एकै ठाउँमा बसेर उसिनेको तरुल र तरुलका विभिन्न परिकार खाएर ईलाम सदरमुकाम नजिकै माइखोला र जोग्माई खोला को सँगम स्थल मा लाग्ने माईबेनी मेला घुम्न गएर इलाममा माघे संक्रान्ति पर्ब मनाउने प्रचलन रहेको छ ।