
इलामः प्रदेश नं. १ लाई कर्मथलो बनाएर निरन्तर लोकप्रिय चेतनामुलक कमेडी गित गाउँदै आएका गायक श्रीकृष्ण लुईंटेल बोकेदारी पुनः एकपटक सामाजिक चेतना मुलक गीत झापा सुरुङ्गाका साथमा आएका छन । उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन ।
विवाहको लागी अर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरी सँग बिताउने हो दाईजो सँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यन्तै सन्देशमुलक रहेको देख्न सकिन्छ ।
दिपेश प्रसाईंको शब्दलाई कृष्ण भन्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा स्वर श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सुन्न सकिन्छ। रावण एल्बममा समावेश उक्त गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनको रहेको छ ।
हेर्नुहोस भिडियो