
नयाँ सोचका साथ जेसीजका गतिविधि उत्कृष्ट बनाउन योगदान गर्ने मध्ये एक जनालाई ‘जेसी अफ द मन्थ’ को अवार्ड प्रदान गर्न शुरु गरिएको हो । शुक्रवार एक कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरीले ‘जेसी अफ द मन्थ फेब्रुअरी २०१८’ अवार्ड उपाध्यक्ष युवराज कुँवरलाई प्रदान गरे । नयाँ सोच, क्रियाशीलता र उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्ने पदाधिकारीलाई प्रोत्साहित गर्न उक्त अवार्ड प्रदान गरिएको महासचिव बिनोद पाण्डेले जानकारी दिए ।
उक्त समारोहमा वीरता जेसीजका अध्यक्ष गिरीले संस्थालाई २५ थान कुर्सी समेत सौजन्य प्रदान गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्षहरु वेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, शेखर ढकाल, विनोद बस्नेत, प्रमेश राजकर्णिकार, राजेन्द्र चम्लागाईं, किरण श्रेष्ठ, भक्तराज भारती, सजेश शिवाकोटी, निवर्तमान अध्यक्ष सञ्जु भारती लगायतको आतिथ्य थियो ।