- मनिषा चम्लागाईँ

बिर्तामोड, २७ फागुनः हरेक उद्योग वाणिज्य संघको लक्ष्य व्यवसाय प्रबद्र्धन हो, सँगै व्यवसायीको सुरक्षा जोडिन्छ । यी दुवै कुरामा उद्योग वाणिज्य संघले समय खर्चन्छन् । जो विगतदेखि वर्तमानसम्म चल्दै आएको छ ।
पछिल्लो पटक उद्योग वाणिज्यहरु व्यवसायीको नेतृत्व विकास र क्षमता पहिचानमा पनि समय खर्चन थालेका छन् । त्यसको एउटा उदाहरण हो, बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार गरेको प्रशंसनीय खोज कार्यशाला ।
क्षमता अभिवृद्धि र रुपान्तरण गर्ने सक्ने , धार्मिक, सामाजिक, व्यवसायीक क्षेत्रबाट नगरको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यशालामा व्यवसायी माझ प्रशिक्षकले त्यही कुरा पर्गेले ।
कार्यक्रमको सहजकर्ता सुदन ज्ञावलीले आफू भित्र रहेको क्षमतालाई आफैले चिन्न नसक्दा समस्या देखिने गरेको बताए । प्रगति र परिवर्तनका लागि आफ्नो क्षमताको पहिचान गर्ने सकेमा असल बन्न सकिने उनको तर्क छ । व्यक्तित्वमै सफलता लुकेको हुनाले सफलता प्राप्तिको लागि व्यक्तित्व प्रभावशाली बनाउनु पर्ने कार्यक्रममा बताइयो । यसका लागि आफ्नो क्षमता पहिचान गर्नु पर्ने ज्ञावलीले जनाए । क्षमताको पहिचान भएपछि विकासको पथ पहिलिने दावी उनले गरे । यसको लागि सकारात्मक सोच आवश्यक पर्नेमा उनले जोड दिए ।
कार्यक्रको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा प्रसाईंले संघले गरेको कार्यक्रम योजना अनुकरणीय भएको बताइन् । उनले अबको दिनमा बिर्तामोडलाई कसरी राम्रो बनाउने भन्ने विषयमा नगरपालिका संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् । प्रत्येक व्यक्तिलाई गन्तव्यमा पुग्न कार्यक्रम उत्कृष्ट भएको दावी उनले गरिन् ।
कार्यक्रममा बिर्तामोडका विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी लगायत स्थानीयको सहभागिता थियो । सहभागीले कार्यक्रमलाई राम्रो भनि टिप्पणी गरे ।
संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संघका उपाध्यक्ष राजु न्यौपानेले गरेका थिए । सञ्चालन महासचिव प्रशान्त भण्डारीले गरेका थिए ।
अध्यक्ष भट्टराईले व्यक्तित्व र सामाजिक विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । व्यक्तित्वको विकास नभइ सामाजिक कार्य गर्न नसकिने उनको बुझाइ छ ।