
इलाम २६ फागुनः इलाममा बिस्फोट भएर एक जनाको मृत्यू भएको छ । इलाम नगरपालिका ९ पुवाजुङ घर भइ भन्ज्याङमा पसल गर्ने विकास राईको मृत्यू भएको हो ।
राइको शनिवार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
घटना भएको आसपासमा सलाईका काँटी समेत फेला परेको वताइएको छ । राईले यस अघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाई छ । माछा मार्न ब्लाष्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मेत्यू भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।