
इलाम, २८ फागुनः देशको राष्ट्रिय रणनीति बिपरीत इलाम नगरपालिकाले भने इलामबासीलाई धेरै सन्तान जन्माउन प्रोत्सान गर्ने भएको छ । हुनत नगरपालिका आँफै स्थानीय सरकार हो तर पनि राष्ट्रिय नीतिके छ भन्ने कुरा चाँही ख्याल गर्नुपर्ने हो । अहिले देशमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने इलामबासीलाई धेरै सन्तान बनाउन रणनीति तय गरेको छ ।
जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ ।
बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने रणनीति अघि सारेको हो ।
नगरपालिकाले विगतमा सुत्केरीलाई दिने पोषण सुविधालाई परिवर्तन गर्दै आगामी १ चैतबाट लागू हुने गरी सुत्केरी सेवामा वृद्धि गरेको समाचारमा उल्लेख छ । नगरपालिकाले दुईवटासम्म बच्चा हुनेलाई २ हजार, ३ वटा बच्चा हुनेलाई ३ हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई १५ दिन बिदा दिने निर्णय पनि गरेको छ ।
इलाममा भएको सेवा सुविधाको कमि र देशमै भएको तराई बसोबासमा मानिसहरुको आर्कषणको कारण पनि इलाममा जनसंख्य घट्दो छ इलाम बासीहरु पनि धेरै झापा तिर सर्ने कक्रम जारी छ यसै क्रममा इलाम नगरालिकाले ल्याएको धेरै बच्च जन्माउँदा दिइने भक्ताले विपन्न परिवारलाई मात्र प्रत्सान त गर्ने हैन्न ?