
माइ, २४ फागुनः नेपाल चिया बगान श्रमिक संघ इलामको छैठौ जिल्ला अधिबेसन माइनगरपालिकामा सम्पन्न भएको छ । राम मगरको अध्यक्षतामा सम्पन्न अधिबेशनले पुन राम मगरकै अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अमर निरौला, मनमाया थापा, सचिवमा दमन्ता बाँस्तोला, कोषाध्यक्षमा दुर्गा कटुवाल तथा सदस्यहरुमा कला प्रधान, हरिमाया राई लगायत रहनु भएको छ । यस्तै सल्लाहकारमा हर्कमान राई, लक्ष्मी योगी, बेसनी उराउ, कमला बुढाथोकी र परिबर्तन पौडेललाई चयन गरेको छ । संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ्गको प्रमुख आतिथ्यमा भएको अधिबेशनको उद्घाटन सत्रमा नेपालि काँग्रेस इलामका कोषाध्यक्ष बिष्णु कार्की, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिनाथ फुयाँल, काँग्रेस माइनगर सभापति कृष्ण खाकी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।