येक्तेन–मोराहाङको इतिहास र वंशावली विमोचित

इलाम, २५ फागुन ः लिम्बु समुदायको एक थर येक्तेन–मोराहाङको इतिहास र वंशावलीको एक कार्यक्रमबिच विमोचन गरिएको छ । येक्तेन–मोराहाङ कल्याण समाज केन्द्रिय कार्यसमिति सिद्धिथुम्का इलामको आयोजनामा शुक्रबार इलाम सदरमुकाममा आयोजित विमोचन कार्यक्रममा प्रदेश नं. १ का अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले उक्त इतिहास र वंशावली विमोचन गरेका थिए । लिम्बु समुदायमा अहिलेसम्म तीन वटा थरीको मात्र वंशावली प्रकाशन भएको कार्यक्रममा जानकारी दिईएको थियो । त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रिय विभागका उप–प्राध्यापक येक्तेनद्धारा लिखित पुस्तकमा इलाम लगायत नेपाल भर तथा विश्वको अन्य मुलुकमा रहेका येक्तेन–मोराहाङ थरीहरुको विस्तृत विवरणहरुमा संलग्न गरिएको छ । उक्त पुस्तकमाथि समिक्षक अवोध अविरल तथा इतिहासविद् युद्धप्रसाद वैद्यद्धारा समीक्षात्मक टिप्पणी समेत गरिएको थियो
येक्तेन–मोराहाङ कल्याण समाजका कार्यवाहक केन्द्रिय अध्यक्ष संकटासुर मोरोहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नं. १का अर्थ तथा योजना मन्त्री आङ्वोको प्रमुख आतिथ्यता तथा इलाम जिल्लाका प्रदेश सांसद धिरेन शर्मा रमण, राम राना, खिनु लङ्वा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २०७४ सालमा स्थानीय तहमा विजयी बनेका येक्तेन–मोराहाङ थरीका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाजको तर्फबाट प्रदेश नं. १ नाम लिम्बुवान प्रदेश हुनु पर्ने, सरकारी कामकाजको भाषा लिम्बु हुनु पर्ने, सिरिजंघा लिपी प्रयोगमा ल्याउनु पर्ने, सरकारी कार्यालयहरुको साईनबोर्डमा किरात सिरिजंघा लिपीबाट लेखिनु पर्ने माग गर्दै मन्त्री आङवो लगायत प्रदेश सांसदहरुलाई ज्ञापन पत्र समेत बुझाईएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता