सहकारीसँग सहकार्य

गरामनी, २५ फागुनः कृषकका माझमा राज्यले पुरा गर्नु दायित्व एनएमसीले. पुरा गरेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् । बिहीबार गरामनीमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसीले रजत महोत्सवको उद्घाटन गर्दै कार्कीले सुरक्षा व्यवस्थापन, लागुऔषध,महिला हिंसा लगायतका अपराधिक कृयाकलाप नियन्त्रण गर्न प्रदेश सरकार सहकारीसँग सहकार्य गरेर अघिबढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
प्रदेश –१ को १४ वटै जिल्लामा क्षमतावान सहकारी रहेको भन्दै एनएमसी सहकारी क्षेत्रमा नै उत्कृष्ट भएको बताए । कार्कीले सरकारी कार्यलय व्यवस्थापनमा ढिलाई भएको भन्दै सरकार गर्ने १ सय दिनको कार्यक्रम सार्वजनीक गरेको बताए । संस्था समाजिक कार्यमा सवल ठहरिएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए । पोखरेलले कृषिको प्राविधिक विकासमा संस्थाले पु¥याउदै आएको सेवाको प्रशंशा गरे  वार्षिकोत्सवको अवसरमा संस्थाले वर्ष उत्कृष्ट प्रतिभाका रुपमा संसारको उत्कृष्ट तेज शक्ति भएका भद्रपुरका अर्पण शर्मा कट्टेललाई नगद  २५ हजार रुपैयाँ, उत्कृष्ट सञ्चार गृहको रुपमा सरगम एफएम धुलाबारीलाई नगद ११ हजार, उत्कृष्ट कृषकका मेचिनगरका उद्योगप्रसाद तिवारीलाई नगद १० हजार सहित सम्मान गरेको छ ।  त्यस्तै संस्थाका १५ वटा कार्यालयबाट उत्कृष्ट कारोबार गर्ने २६ जना सदस्य दम्पत्तीलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरेको छ । 
यसवर्ष दीर्घ सेवा पदकबाट वरिष्ठ अधिकृत भूपाल गौतम, वर्ष उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ सहायक प्रथम अर्चन ढुंगाना उत्कृष्ट व्यवस्थापकका रुपमा बिर्तामोड कार्यालयका प्रमुख कमलप्रसाद कट्टेललाइलाई नगद १५– १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट बजार प्रतिनिधिमा बनियानी कार्यालयका तेजराज नेपाललाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । वार्षिकोत्सवको अवसर पारेर संस्थाले विभिन्न समयमा आयोजना गरेको अन्तर कार्यालय भलिबल प्रतियोगिता र अन्तर कार्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गरेको छ । 
कार्यक्रममा प्रदेशसभा सदस्य श्रीप्रसाद मैलानी, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, मेचिनगर उपप्रमुख मिना उप्रेती लगायतले बोलेका थिए । कार्यक्रममा झापाका विभिन्न संघ संस्थाका प्रतिनिधि, एनएमसीका सदस्यको उपस्थित रहेको थियो । 
एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्क्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सदस्य डम्बरबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालक सदस्य ठाकुर सिवाकोरी र भगवती घिमिरेले गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता