- मनिषा चम्लागाईँ

बिर्तामोड, २५ फागुनः विश्वभर १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहँदा नेपाली महिला पनि सदन र सडकबाट महिला अधिकारका आवाज बुलन्द पारिरहेका छन् । सरकारले पनि महिलाको लागि ३३ प्रतिशत अधिकार दिने कानुनी व्यवस्था गरेको छ ।
पछिलो समय महिला आफ्नो अधिकारको लागि आफैँ सक्रिय हुन थालेका छन् । त्यसैले महिला अधिकारका विषयमा वकालत गर्ने एकदिने उत्सव मात्र नभई आन्दोलनलाई उचाइ दिने स्वर्णीम अवसर मानिँदै आएको छ । अहिले मुलुकको सन्दर्भमा पनि श्रमिक महिलाको लागि योे दिवसको महत्व अझै बढ्न थालेको छ ।
महिला हिंसाका घटनामा दिनानु दिन बढिरहेका छन् । घरदेर्खि क्षेत्रमा महिला हिंसाको चपेटामा परेका उदाहरण हाम्रासामु छन् । नेपालको संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा धेरै चुनौतीहरु छन् । चुनैतीलाई आत्मासाथ गर्दै, आफनो लागि आफैँ लागि परेको बताउँछिन् बुद्धशान्ति गाउँपालिकाकी सिटी चालक नितु पुरकुटी । उनी २ वर्षदेखि सिटी चलाएर जीविकोपार्जन गरिरहेकी छन् । सिटी चलाएर नै ७ जनाको परिवार चलाउँदै आएको बताउछिन् नितु । उन्ले भनिन्,‘दु ःख, सुख सिटी त चलाइरहेको छु, सिटी चलाएकै कारण कतिपय साथीहरुले हाँसोको पात्र बनाइदिनु हुन्छ ।’ आलोचनाको सामना गर्दै सवारीसाधन चलाउन हिम्मत गर्ने महिला कमै छन् । महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने कुराको ज्वालन्त उद्हारण बनेकी छिन् नितु ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा प्रसाईंले महिला अझै पछि परिरहेको बताइन् । प्रसार्इंले आफू उपप्रमुख भए पनि हरेक मानिसको पहिलो ‘नजर’ पुरुषमा नै पर्ने गरेको यथार्थ सुनाइन् । समाजले महिलालाई अझै पनि घर भित्रको दासको रुपमा हेर्ने गरेको उनले बताइन् । उनले भनिन् ‘पुरुषको तुलनामा महिला अझंँै सहासी हुन्छन्, घर भित्रको काम सकेर पनि पुरुष सरह संघ संस्थाको काममा अग्रसर हुन सक्छन् ।’ महिलाले गरेको काममा पारदर्शीता र विश्वासनीयता हुने उनले जनाइन् । उनले महिला अधिकारको कुरा गरिरहँदा सरकारले नै महिलामाथि विभेद गरी दोस्रो दर्जाको पोष्ट दिएको बताइन् । महिला पछि पर्नुमा केही कमजोरी महिलाको पनि रहेको उनको भनाइ छ । महिला परिवारका अन्य सदस्यको भर पर्ने भन्दा पनि आफैँ आत्मनिर्भर हुन प्रयत्न गर्नु पर्ने उनले बताइन् । नगरपालिकाबाट महिला मैत्री कार्यक्रम अघि बढाउने योजना रहेको प्रसाईंले सुनाइन् ।
संविधानले महिला र पुरुष बीचको भेदभाव समाप्त गरिसकेको अवस्था छ । तर, महिलामाथिका विभेद र उत्पीडन भने अझै रोकिएको छैन । हाम्रो समाजमा छोराछोरी र छोरी बुहारीमा गरिने विभेद जव समाप्त हुँदैन तव महिला हिंसा अन्त्य हुँदैन । महिला अधिकारकर्मीले शहरदेखि गाउँसम्म ध्यान पु¥याउन आवश्यक देखिन्छ । महिला सशक्तीकरण र समानताका क्षेत्रमा सरोकारवालाको ध्यान जान उत्तिकै जरुरी छ । महिला माथिको विभेदलाई अन्त्य गर्ने प्रत्येकले आ–आफ्नो ठाउँबाट आवज उठाउनु जरुरी छ । महिलाहरुले आफूमा भएका हिंसालाई सहेर बसेमा हिंसालाई प्रोत्साहान गर्नु हो । त्यसैले यसको अन्त्य गर्ने छु भनेर सबैले आजैबाट बाचा गरौँ र महिला माभि हुने हिंसाको अन्त्य गरौँ । सम्मुनत समाज निमार्णमा आफ्नो ठाउँबाट आफैँ लागौँ ।