किन पर्दैछ हाम्रो स्वास्थ्य जोखिममा ? कसरी स्वास्थ्य रहने

  • खेम अधिकारी

विश्वमा निदान तथा उपचारका विधिहरु जति छीटो छरीतो रुपमा भइरहेको छ रोगीको संख्या पनि त्यही रुपमा बढी रहेको छ । दिनानुदिन नयाँ नयाँ रोगले मानिसलाई सताइरहेको रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका रोगहरु मध्ये नसर्ने रोगको हिस्सा मात्रै ६३ प्रतिसत रहेको छ । २१ औं शताव्दीको मानव स्वास्थ्य विकासको निम्ती चुनौतीका रुपमा नसर्ने रोग वनेको छ । उपचार समय र खर्च कारण यी रोगहरु समग्र पक्षको विकासको निम्ति बाधक बन्दै गइरहेको छ । एक प्रकारले विश्व नसर्ने रोग र कडा रोगका कारण ग्रस्त वन्दै गइरहेको छ । विकशित देशको तुलनामा कम विकशित राष्ट्रहरु यसको मारमा वढी परेका छन् । नेपालमा पनि दिनानुदिन मुटु, मृगौला ,क्यान्सर जस्ता कडा रोगका विरामीहरु बढी रहका छन् । 
मुलुकका सवै भेगमा मधुमेह, रक्तचाप जस्ता नसर्ने रोगका विरामीहरु भेटिन थालेका छन् । हिजोका दिनमा शहरवासी अनि धनि वर्गको रोगका रुपमा चिनिएको मधुमेह आज गाउँगाउँका सवै वर्ग सम्म पुगेको छ । महिला तथा पुरुषमा बाँझोपनको समस्या छ  । मानसिक रोग, ढाडका दुख्ने विरामी, आँखा, दाँतका विरामी महिलामा महिनावारी गडवडी, पाठेघरमा समस्या, पिसवाजन्य रोगका विरामी दिनानुदिन वढीरहेको छन् । विकलांग वच्चाहरु जन्मने दर पनि उच्च रुपले वढीरहेको छ । उदाहरणका लागि इलाम जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सरकारी स्वास्थ्य संस्थाहरुवाट स्वास्थ्य सेवा लिने मध्ये नसर्ने रोगका विरामीको संख्या २०७१÷०७२ मा ३ हजार ६४ जना, २०७२÷०७३ मा २ हजार ८५७ जना ,२०७३÷०७४ मा ६ हजार ९सय २३ जना रहेको छ । यो सरकारी स्वास्थ्य संस्थामा आउने विरामीको विवरण मात्र हो । 
स्वास्थ्य संस्थाको पहुँचमा नआइ विराम पालेर वस्ने वा मृत्यु वरण गर्नेको संख्या पनि त्यति नै छ भने अन्यत्र उपचार गर्नेको संख्या पनि त्यति नै छ । आर्को तर्फ कडा रोगको संग्रमण दर उत्यन्तै उच्च हुदै गएको छ । कडा रोगका विरामी मध्ये विपन्न नागरिक धौषधी उपचार समिति इलामवाट उपचारमा आर्थिक छुटका लागि सिफारिस लिनेको संख्या मात्रै पनि यस आर्थिक वर्षको शुरु देखि माघ सम्ममा १३३ जना रहेको छ । जसमा क्यान्सर, मुटु र मृगौला रोगका विरामीहरु रहेका छन् ।यसमा पनि सेवा सुविधाका विषयमा जानकारी नहुने विरामीको संख्या पनि उतिनै छ र निजी तवरले उपचार गर्नेको संख्या पनि उतिनै छ । 
यो एक जिल्लाको तथ्यांकलाई हेरेर देशको विग्रदो स्वास्थ्यको अवस्थालाई सोझै अनुमान गर्न सकिन्छ । समग्र वातावरणमा यसको प्रभाव भएका कारण प्रत्यक्ष वा परोक्ष रुपमा हामी  सवै  यो लक्ष्मण रेखा भित्र परि सकेका छौं । आज छिमेकमा परेको कुरा भोली आफ्नो घर भित्र भित्रन सक्दछ । हामीले भोलिका दिनमा आइपर्ने मानविय क्षतिलाई अहिले नै ख्याल गरिएन भने अबको नेपाल स्वास्थ्य ,सामाजिक, आर्थिक, मानसिक, पर्यावरणिय तथा जैविक विविधता तहस नहस भइ विकराल अवस्था आउन सक्छ । त्यसो हुन नदिन समस्यको कारण र जोगिने उपायका बारे चर्चा गरौं ।
कारणहरु
विषेश गरेर हामी आम नागरिक विरामी पर्दा मान्यता प्राप्त स्वास्थ्य संस्थामा नगई जथाभाबी रुपमा प्रयोग गर्छौ । सरकारी स्वास्थ्य संस्थाहरुमा विश्वास नगर्नु, सस्तो प्रचार र  विज्ञापनका भरमा स्वास्थ्य परिक्षण गर्नु । एउटै डाक्टरले लुतो देखी मुटु सम्मको, यौन शक्ति बढाउने देखि किट्नी सम्म एउटै डाक्टरले ग्यारेन्टी साथ उपचार गरिन्छ भनिन्छ । 
संसारमा कहीकतै स्वास्थ्यमा ग्यारेन्टी हुदैन प्रयत्न मात्र गर्ने हो । अनि एउटा मानिस कति रोगको विशेषज्ञ वन्न सक्ला हामी आफैले अनुमान गर्न सक्छौ । कुन औषधी कति मात्रामा कति दिन खाने भन्ने कुरा नबुझी हामी प्रयोग गछौं । विरामको प्रकृति अनुसार आवश्यक परिक्षण विना उपचार पद्धति अपनाउने हाम्रो वानीका कारण हाम्रो स्वास्थ्य विग्रिरहेको छ । 
यस्तै यौन शक्ति वर्दक, गर्भ निरोधक तथा गर्भ पतनका खातिर प्रयोग गरिने अनेकौ औषधीले मानव स्वास्थ्य तहस नहस वनाइरहेको छ । इकोन अर्थात इमर्जेन्सी कन्ट्रासेप्टिभ,आइपिल अनवान्टेड ७२ आदि आपतकालिन गर्भनिरोधक औषधी धेरै महिलाले नियमित गर्भनिरोधक औषधीको रुपमा सहज रुपमा प्रयोग गरेको अध्ययनले देखाएको छ । कडा रसायनयुक्त यो औषधीले महिलाको हर्मोन तथा प्रजनन स्वास्थ्यमा गम्भिर असर पारीरहेको छ । नीजि स्वास्थ्य संस्थाहरु, मेडिकल, विशेषज्ञहरु तथा मान्यता प्राप्त स्वास्थ्य कर्मीहरुले निजी रुपमा सकारात्मक धेयले गरीरहेको कामलाई हामी सवैले धन्यवाद दिनु पर्छ ।
जसले राज्यले गर्ने काम गरिरहेको छ । स्वास्थ्य सेवा सुविधा दिने नाममा कतिपय स्वास्थ्य सस्था या व्यक्तिहरुवाट गलत मनसायले गरेका क्रियाकलापले आम मानव स्वास्थ्य नै दिनानुदिन प्रतिकुल हुँदै गएको छ । हामी एउटा जुत्ता किन्नु पर्यो भने सात पसल चाहार्छाैं तर सुपारी किन्न भन्दा सजीलो गरि डाक्टर वा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन विना औषधी माग्छौ । जुत्ता फाटे त सिउन टाल्न मिल्छ जीवन फाट्यो भने केले सिउने केले टाल्ने हो । यो दलदलमा सर्वसाधारण त पर्ने नै भए आफूलाई सचेत भन्न रुचाउनेहरु पनि उत्तिकै डुविरहेका छन् ।
यो हाम्रो आचरण हो या नियती, फसिने कुरामा छिटो विश्वास गर्छौ । जुन कुरा हाम्रो जीवनमा कच्चा बैधको मात्रा यमपुरीको यात्रा भने झैं वनेको छ । 
नेपालका विषाधी प्रयोगको दर अत्यन्तै बढेर गएको छ । नेपालमा भारतमा प्रतिवन्ध गरेका विषाधीहरु समेत प्रयोगमा आएको पाइन्छ । झापा, काभ्रे, चितवन, इलाम, सप्तरी, सिराहा विषाधी अधिक मात्रामा प्रयोग हुने जिल्लाहरुमा पर्दछन् । तरकारी, फलफुलमा भिटामीनको नाममा अनेक थरि विसादी तथा रसायनीक औषधी लगाउने प्रचलन वढेको छ । खसी, वंगुरलाई मानिसलाई प्रयोग गरिने विभिन्न सुई लगाइछ भन्ने कुरा पनि छापाहरुमा आएका छन् । तथ्यांक हेर्ने हो भने यी जिल्लाहरुमा नसर्ने र कडा खालका रोगहरुको वृद्धिदर उच्च छ । भारत वाट आयातित हुने तरकारी तथा फलफुल जन्य वस्तुहरुमा विषाधी प्रयोग अधिक मात्रामा भएको कुरा विभिन्न सरकारी तथा अन्य माध्यमहरुवाट आइरहेका छ । माछा, फुलमालालाई धेरै दिन कुहिन नदिने फर्मालिनले हाम्रो स्वास्थ्य जोखिममा पारेको छ । किसमिस तथा अन्य तयारी खाध्यान्नमा पनि अखाध्य वस्तुका मात्रा पाइनाले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पारीरहेको छ । 
लामो समय सम्म राखिने जंग फूडहरुको अधिक मात्रामा खानु, रसायनिक मलको प्रयोग, खैनी चुरोट, माधक पदार्थको सेवन, चटपटे तथा अचारमा भिनेगरको प्रयोगले पनि हाम्रो स्वास्थ्यमा समस्या ल्याएको छ । त्यस्तै अव्यवस्थित शहरीकरण, धुवाँ धुलो, वढ्दो सवारी साधन, स्वस्च्छ खानेपनीको अभाव, वनजंगलको फडानीले पनि मानव स्वास्थ्यमा जोखिम निम्त्याएको छ ।
इलेक्टोनिक टावरहरु र त्यसका तरंगहरुले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुरा वैज्ञानिकहरुले वाहिर ल्याएका छन् । संयक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा नियामक निकायहरुले समय सापेक्ष कडा कानुन वनाएर कडाइका साथ लागु नगर्नु  । सचेतना शिक्षाको अभाव, अर्गानिक कृर्षिजन्य उत्पादनमा जोड नदिनु ।
सरकारले उत्पादन अनुुुसार बिक्री वितणको वातावरण र बजारको प्रवन्ध गर्नु, अनुगमन, मूल्यांकन, प्रोत्साहन, दण्ड जरिवानाको व्यवस्थालाई कडाइका साथ प्रयोग नगर्नु । मानिस जोखिम परिक्षण गर्न समयमा नजानु, विरामले ग्रस्त वनाए पछि मात्र स्वास्थ्य संस्था जानु आदि प्रमुख तथा सहायक कारणले नेपालमा नसर्ने रोग तथा कडा खालका रोगका विरामीहरुको दर दिनानुदिन बढ्दै गएर नेपालीको स्वास्थ्य जोखिममा पर्दै गएको पाइन्छ । 
उपायहरु 
नेपाल सरकारले नागरिकका हितलाई ध्यानमा राखेर स्थापना गरेको स्वास्थ्य संस्थाहरु, स्वास्थ्य संग सम्वन्धित अन्य निकायलाई समय सापेक्ष, कर्तव्य निष्ठ, प्रभावकारी, जवाफदेही बन्नुपर्छ । यि निकायलाइ सवल र सक्षम वनाउन सम्वन्धित पक्ष, आम नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकाय लाग्नु पर्छ । साधन, श्रोत र आवश्यक जनशक्तिको व्यवस्था सरकारले गर्नु पर्छ । स्वास्थ्य कर्मी, कर्मचारीहरुलाई समय सापेक्ष प्रोत्साहन, तालिाम आदिको व्यवस्था गरेर सक्षम वनाउनु पर्छ । सरकारी स्वास्थ्य संस्था प्रति नागरिकले विश्वास गर्नु पर्छ । नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु पर्छ । सबै नागरिकले कम्तिमा वर्षको एक पटक स्वास्थ्य जोखिम परिक्षण गर्नु पर्छ । विशेष गरेर रगत परिक्षण, पिसाव परिक्षण, रक्तचाप आदि मात्र परिक्षण गरियो भने पनि भविश्यमा आइपर्ने धेरै स्वास्थ्य जोखिमलाई समयमा नै निधान र न्यूनिकरण गर्न सकिन्छ जुन आर्थिक रुपले महंगो छैन । औषधी सेवन गर्नु पर्ने भएमा मान्यता प्राप्त डाक्टर अथवा स्वास्थ्यकर्मीको निगरानीमा उचित सल्लाह लिएर आवश्यक मात्रामा गर्ने वानिको विकास गर्नु पर्छ । 
कसैले गर्भ निरोधक औषधीको प्रयोग तथा गर्भपतन गराउनु परेमा मान्यता प्राप्त स्थानवाट सोच विचार गरेर गर्नुृ पर्छ । लहड र विज्ञापनको पछि लागेर औषधी उपचार नगरौं । गलत तवरले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि भइराखेको ठगीलाई कडा भन्दा कडा कार्वाही गरेर कानुनको दायरामा ल्याउनु पर्छ । प्रशासनले बजार अनुगमन कर्मकाण्डी हिसावमा हैन प्रभावकारी तवरले गर्नु पर्छ । राम्रो काम गर्ने नीजि क्षेत्र या निकायसँग सहकार्य गर्नु पर्छ । नेपाल सरकारले असल नियतका साथ जनहितका लागि ल्याएका स्वास्थ्य कार्यक्रमहरुका वारेमा जानकार भइ सहभागी बनौं ।
हामीले स्वास्थ्यलाई माथि उठाउनका लागि आम रुपले जिवन पद्धतिमा सुधार गर्नै पर्छ । उत्पादन गर्ने तरकारी तथा खाध्यवाली अर्गानीक रुपमा विषाधीको प्रयोग नगरी उत्पादन, भण्डारण तथा बिक्री वितरण  गर्नुपर्छ । प्रकृतिक रुपमा नै वनाउन सकिने किटनासक औषधीको प्रयोग गर्ने बानीको विकास गर्नु पर्छ । माछा, मासु, फलफुलहरु तथा किसमिसहरु ताजा मात्र प्रयोग गरौं, दैनिक रुपमा उमेर अनुसारको व्ययाम, योग अभ्यास अपनाउ । खेतीबारीमा काम गर्दा सुरक्षा अपनाउ, रसायनिक मलको साटो बैकल्पीक  मलखादको व्यवस्था गरौ, चटपटे तथा अचारमा भिनेगरको प्रयोग नगरौं । सबै प्रकारका अखाध्य वस्तुको नियन्त्रण गरौ ।
उमेर अनुसारको पानी पिउने, एकै चोटी धेरै मात्रामा भन्दा पनि समय समयमा खानेकुरा सन्तुलित भोजन खाइरहने, ताजा मौसमी फलफुल तथा सागपात खाने बानी गरौं । चोकर युक्त खाना खाने, कम प्रशोधित घरैमा वनाएको खाना खाने, मोटो पन नियन्त्रण गर्ने, खानामा फ्याटको मात्रा कम गर्ने गरौं । बढी चर्को र गुलीयो नखाने, बोक्रा नफाली खान मिल्ने तरकारी सोही वमोजिम खाने, भुटेको तथा तारेको खानेकुरा नखाने, उमेर अनुसार सुत्ने, जंकपूmड तथा फास्टफूड सेवन नगर्ने बानीको विकास गरौं । यस्ता कृयाकलाप अनुसारको जिवन शैली अपनाउने हो भने आम मानिस धेरै हद सम्म स्वस्थ्य रहन सक्दछ । जुन हाम्रै छनोट र अठोटको विषय हो । 
हामीलाई पूर्खाले दिएको जैविक विविधता युक्त पर्यावरण भावि पुस्तालाई हस्तान्तरण गर्न सक्छौ या सक्दैनौ यो सरोकारको विषय हो । सानो फाइदाको पछि लाग्दा भोलि हाम्रो भुगोल नि खतरामा पर्यो भने । हामीले आउने दिनमा पर्न सक्ने मानविय क्षतिलाई अहिले नै ख्याल गरिएन भने भोलीको जनजीवन सबै प्रकारका मानव सुचकांमा तल पर्न सक्छ । सबै सचेत बनौं । कसले कहाँ कस्तो भुमिका निभाउनु पर्ने हो त्यस तर्फ आफू लागौं अरुलाई पनि लगाऔं । कुनै एक क्षेत्र ,संस्था वा व्यक्तिले हैन सामुहिक इच्छा शत्तिले मात्र जोखिमलाई न्यूनिकरण गर्न सक्छौ । प्रत्येक नागरिक स्वस्थ्य भएमात्र समृद्ध राष्ट्र निर्माण हुन्छ । अनि मात्र हामी राजनीतिक, सांस्कृतिक, सामाजिक, मानसिक एवं आर्थिक रुपमा स्वास्थ्य रहन्छौ । सम्भव छ बेलैमा सचेत बनौं, नत्र नरहे बाँस नबजे बाँसुरी ।
लेखक स्वास्थ्य बीमा वोर्ड इलामका दर्ता अधिकारी हुन । ९८५२६८०३६०
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता