के इलामनगरका महिला बच्चा जन्माउने मेसिन हुन त ? ( न्युजट्वान्टीफोर टेलीभिजनको भिडियो सहित)

इलामः इलाम नगरपालिकामा जति वढि बच्चा जन्मायो उती वढि प्रोत्साहशन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्य सहित जनसंख्या बृद्धि गर्न यस्तो नियम बनाइएको हो ।
यस निर्णयले नगरको जनसंख्या बृद्धि गर्ने योजनामा अघि बढेको छ । जस अन्र्तगत इलाम कार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ ।
नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई दुई हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई तीन हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई चार हजार र पाँचौ पटक र सो भन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई पाँच हजार रुपैंयाँ पोषण सुविधा नगदै दिने निणर्य गरेको छ । यसका साथै इलाम नगरपालिकाले पारित गरेको इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाहरुले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने भएको छ ।
नेपाल सरकारले दुई पटक सम्म मात्र बच्चा जन्माउने महिला कर्मचारी, शिक्षिकाहरुलाई सरकारी सेवा सुविधा दिने नियम रहेको छ । नगरपालिकाका मेयर महेश बस्नेतले इलाम नगरको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकोले जनसंख्या बृद्धि गर्न नगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनसंख्या समस्या होईन स्रोत हो, यसलाई परिचालन गर्न सक्नु पर्छ ।’ धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवा सुविधाहरु थप्न सकिने मेयर बस्नेतले बताउनुभयो ।
नगरपालिकाले नगरमा भएका सेवा सुविधामा बृद्धि गर्नुको सट्टा यस्तो निर्णय गर्नाले  सर्वत्र विरोध सुरु भएको छ ।  हरित नगरमहिला समूहकी रिना घलेले महिलाहरु लाई मान्छे उत्पादन गर्ने मेसिन नसम्झन चेतावनी  दिँदै भनेकिछन् ।
इलाममा चयालड केयर सञ्चालन गर्दै अएकी सुनिता कर्माचर्याले भोट बचाउन यस्तो निर्णय गरिएको भन्दै उनीहरुले यस निर्णय खारेज गर्न माग समेत गरेकी छन्  ।
इलमनगरपालिकाका पूर्व शिक्षक गणेश कुमार भट्टराईले सवैभन्दा परिवार नियोजनका साधनहरु बन्द गराएर मात्र यो निर्णय लागु गर्ने चुनौति दिएका छन् ।
यता सरकारको भने जनसङ्ख्या बृद्धिदर घटाउनु पर्ने नीति छ । सरकारले जासङ्ख्या घटाउन बिभिन्न उपाय र खर्च गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता