बितामोडमा दिगो फोहोर मैला व्यवस्थापनका लागि सर्वेक्षण

बिर्तामोडः ४ चैतः वातावरण संरक्षण मञ्च नेपालले ठोस फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाको वडा नम्बर ४ र ५ का घर, व्यापारिक क्षेत्र र संघसंस्था गरी जम्मा १८६ वटा घरमा १५ दिनसम्म फोहोरको उत्पादन र बनोटसम्बन्धी सर्वेक्षण गरेको हो ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग साथै संस्थाका अध्यक्ष तथा वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेका हैकम घिसिङको नेतृत्वमा मेची बहुमुखी क्याम्पसमा वातावरण विज्ञान विषयमा स्नातक तहमा अध्ययनरत १२ जना विद्यार्थीको टोलीले सो सर्वेक्षण गरेका हुन् । 
सर्वेक्षण पश्चात नगरपालिकाबाट हाल उत्पादन भइरहेको फोहोरको परिमाण र बनोट थाहा पाइनुका साथै पुनस् चक्रण र पुनस् प्रयोग गर्न सकिने र कम्पोष्ट मल तथा बायो ग्यास बनाउन सकिने फोहोरको परिमाण पनि निस्किने बताइएको छ ।
यसले नगरपालिकाको फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न एकीकृत योजना बनाउन सहयोग र्पुयाउने संस्थाका कार्यालय सचिव सत्यम चौधरीले बताए । प्रश्नावली सर्वेक्षण र तथ्यांक संकलन कार्य सकिएकाले अबको एक महिनाभित्र तथ्यांकको विश्लेषण गरी पूर्ण प्रतिवेदन तयारी गरिने संस्थाका कार्यसमिति सदस्य रोशन लामाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता