
इलाम, ४ चैत्रः बिगतका बर्षहरुमा जिल्ला स्तरमा हुने गरेको कक्षा ८ को बार्षिक परीक्षा स्थानीय निकायलेनै संचालन गर्ने भएपछि रोङ गाउपालिकाको बिद्यालयमा आजबाट रोङ स्तरीय परीक्षा शुरु भएको छ । गाउपालिकाको १३ बटा बिद्यालयहरुबाट कुल दुइसय उनासी बिद्यार्थीहरुको लागि संबन्धित बिदालयहरुमानै परिक्षा गरिएको छ ।
बिगतका बर्षहरुमा शैक्षिक बर्षको अन्तमा परीक्षा केन्द्रको बिषयलाइ लिएर तनावमा पर्ने बिद्यार्थी, शिक्षक अभिभावकहरुलाइ यस बर्ष भने राहत महसुस भएको छ ।
कक्षा ८ को जिल्ला स्तरिय परीक्षा संचालन गर्न बिगतका बर्षहरुमा जिल्ला स्तरिय पर्रीक्षा समितिले दुइ वा सो भन्दा बढी बिद्यालयहरुको बिद्यार्थीहरुको लागि कुनै एक बिद्यालयलाइ परीक्षा केन्द्र कायम गरि परीक्षा संचालन गर्ने गरेकोमा कतिपय बिद्यार्थीहरुको लागि अपायक पर्ने हुदा परीक्षा अबधीभर डेरानै गरेर बस्नु पर्ने बाध्यता रहदा अभिभावकहरुबाट बिद्यालयमा गुनासो आउने गरेको थियो ।
गत माघ २७ गाउपालिकाको कार्यकारी अधिकृत डिकप्रसाद दहालको अध्यक्षतामा बसेको परीक्षा समितिको निर्णनुसार अन्तिम परीक्षा संबन्धित बिद्यालयमा अन्य बिद्यालयबाट केन्द्राध्यक्ष र निरीक्षकहरु बाहिरबाट ब्यवस्थापन गरि प्रभावकारी ब्यवस्था मिलाएर थियो जसमा सरस्वती मा.बि रम्भ्याÄमा लेखनाथ घिमिरे ,मोतीराम मा.बि मा अर्जुन दहाल, कुवापानी मा. बि माचन्द्र तिम्सििना,देबीगञ्ज आधारभू बिद्यालय शान्तिपुरमा सिद्धि प्रसाद तिम्सिना, शान्तिपुर मा. बि शान्तिपुरमा हेम कार्की,ज्योति आधारभूत बिद्यालयमा नरेन्द्र बराल,बिक्ष्ण्ु अमर आ.बि शान्तिपुरमा चन्द्र कुमार प्रधान, शशि मा.बि शान्पिुरमा पुस्पलाल घिमिरे, शान्ति निकेतन मो बि कोल्बुÄमा कमल आचार्य ,शंकर आ. बि कोलबुगमा रुप नारायण ढुÄना, सरस्वती मा. बि भालुझोडामा डुकराज पौडेल, बहुबन मा. बि इरौटारमा सोमनाथ अधिकारी र उमा महेश्वर मा.बि इरौटारमा कुमार मगरलाइ केन्द्रध्याक्ष नियुक्ति गरी पठाएर परिक्षा संचालन गरिएको छ ।