‘देशले संविधान कार्यान्वयनको चरण पार गर्दैछ’: पुर्व प्रम खनाल

इलाम, ४ चैत्रः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले देश अव संविधान कार्यान्वयनमा अघि वढि सकेको वताएका छन् । 
नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री र मन्त्रीहरु नयाँ संविधान अनुसार पाइ सकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको वताएका हुन् । 
‘१० वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ठ र सफल संविधान हो ।’ खनालले भने –‘देशले अव संविधान कायान्वयनको चरण पार गर्दैछ ।’
स्थाइ सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अवको लक्ष रहेको उनको भनाई थियो । 
स्थानिय सरकार, प्रदेश र केन्द्रिय सरकार विच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेल विना बिकास हुन नसक्ने धारणा राखे । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने वताउँदै खनालले सवै ठाउँको समानुपातिक विकास हुनु पर्नेमा जोड दिए । 
राम्रो काम गर्ने स्थानिय तहको  र प्रदेशको अनुसरण गर्न सक्नुपर्ने उनको भनाई थियो । 
फरक प्रसंगमा उनले इलाममा विस वर्षे गाडी सञ्चालन हुनु पर्ने धारणा राखे । भौगोलिक विकतटाका कारण इलाममा २० वर्षे पुराना भए पनि यीनै गाडी उपयुक्त रहेको उनको भनाई थियो । 
सवारीको कण्डीसन हेरेर मात्र चलाउन रोक लगाउनु पर्ने उनको धारणा थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता