
इलाम, ५ चैतः इलाम सदरमुकाममा सम्पन्न ट्रेड युनियन कांग्रेस युवा समितिको दोस्रो जिल्ला अधिवेशनबाट प्रकाश भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षद्धय राधाबृष्ण ढुङ्गाना र भावना ढुङ्गाना चयन भएका छन् । १७ सदस्यीय समितिको सचिवमा टीकाराम पुरी, सहसचिव द्धय इक्साहाङ नेम्बाङ र हरिकृष्ण कोइराला साथै कोषाध्यक्षमा रचना खत्री चयन भएका छन् ।
सदस्यहरुमा लक्ष्मण चौँलागाइँ, हिमाल बस्नेत, निराजन भट्टराई, बबिन बोखिम, प्रविण कट्टेल, प्रतिक्षा लिम्बू लगायत रहेका छन् । युवा समितिका निवर्तमान अध्यक्ष बिष्णु काकर्मीको अध्यक्षता तथा नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष हरिनाथ फएल लगायतको उपस्थिती रहेको थियो ।