
इलाम, २८ फागुनः सुपर हिट फिल्म ‘नाई नभन्नु ल’को पाँचौ सिक्वेन्स ‘नाईं नभन्नु ल–५’को लागि नृत्य गर्ने बाल कलाकारहरुको इलाममा छनौट भएको छ । शनिबार युनिक डान्स सेन्टरले एकसय साठ्ठी बालबालिकाहरु मध्ये ५० जनालाई छनौट गरेको युनिक डान्स सेन्टरका प्रोपाईटर प्रज्वल चापागाईंले बताए । उक्त सेन्टरका दिवस श्रेष्ठ, कौशिला श्रेष्ठ, लक्ष्मी राई र तेज मगरले बालबालिकाहरुको अडिसन लिएका थिए । छनौट भएका बालबालिकाहरुलाई चैत १५ गते देखि ‘क्लोज ट्रेनिङ’मा राखिने छ । विकासराज आचार्य निर्देशक रहेको र हालकी चर्चित नायिक प्रियंका कार्कीको मुख्य भूमिका रहने यस चलचित्रको ९० प्रतिशत छायाकंन इलाममा गरिने सेन्टरका प्रोपाईटर चापागाईंले बताए ।