साङ्गेछोलिङ्ग गुम्बामा सांस्कृतिक कार्यक्रमका साथ वाङ वितरण कार्यक्रम सम्पन्न


  • नरेन इलामेली 

माइजोगमाई, २७ फागुनः इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित धार्मिक तथा पर्यटकीय स्थल पलयुङ‌ साङ्गेछोलिङ्ग गुम्बामा सांस्कृतिक कार्यक्रमका साथ वाङ अभिशेक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्वा लामाको अध्यक्षता,  प्रख्यात बौध धर्मगुरु खेम्पो साङ्गे रङजुङ रिम्पोचेको प्रमुख आथित्यता तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको बिशेष आथित्यमा सम्पन्न भएको हो।  शुक्रबार सम्पन्न कार्यक्रममा प्रख्यात बौध धर्मगुरु रिम्पोचेले वाङ वितरण गरेका हुन्।
कार्यक्रममा आगन्तुकलाई स्वागत गर्न शेर्पा भाषामा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रमका उपस्थिति धर्मअनरागीहरुलाई संबोधन गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्वा लामाले गुम्बा निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरे साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए। बि सं १९४० मा स्थापना भएको यस गुम्बा निर्माणका लागि २२ रोपनी जग्गा प्रदान गर्ने जगत कुमार निरौलाको परिवारलाई सम्मान समेत गरिएको थियो।
त्यस्तै प्रमुख अतिथि धर्मगुरु रिम्पोचेले मान्छेले एक दिन मर्नै पर्ने र बाँचुन्जेल बुद्धले दिएका सन्देशहरू पालना गर्दै सत्यको बाटोमा सँधै लाग्नुपर्ने बताए। साथै हत्या हिंसाको अन्त्य गर्दै एक सभ्य र हिंसारहित समाज निर्माणका लागि सबै जुट्नुपर्ने रिम्पोचेको भनाई रहेको छ कार्यक्रममा बोल्दै विशेष अतिथि माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले यस गुम्बालाई अझै विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यमा गाउँपालिका अघि बढिसकेको बताए।
साथै कार्यक्रममा बरिष्ठ लोक गायक इन्द्र गुरुङ र नवगायक निमा शेर्पाले गीतको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु रिम्पोचेद्वारा गुम्बाको विकासका लागि नगद १० लाख समेत प्रदान गरिएको डम्बर निरौलाले बताए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता