साँखेजुङमा आगलागी, १५ लाख रुपैंयाँको क्षति

इलाम, २८ फागुनः इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा सोमबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैंयाँ बराबरको क्षति भएको छ । 
प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट १० लाख रुपैंयाँ बराबरको घर, तीन लाख नगद, ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो । आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उनले बताए । ‘घरमा बत्ती पनि नभएको र आगो पनि नबालेको समयमा आगलागी हुनु आश्चर्यजनक रहेको छ’ उनले भने । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता