प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा १२ महिना मोटर संचालन हुने सडक, खानेपानी, विद्युत र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गरेका हुन् । नेपाल भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडिबुटी र ६० हिमश्रङ्गखलाको दृश्यावलोकनका लागि हजारौ पर्यटकको आवागमन भएपनि पर्यटन पूर्वाधारको विकासको पर्खाइमा स्थानीयबासी रहेका छन् । पुर्व प्रधानमन्त्री खनाल सन्दकपुरको भ्रमणको लागि आइतबार सन्दकपुर पुगेका थिए ।