
प्राकृतिक चिकित्सा, फिजियोथेरापी,आयुर्वेद,एक्युपन्चर, लेजर थेरापी , नसा च्यापिएको, हड्डी खिएको,प्यारालाईसिस,जोर्नी जाम भएको,युरिक एसिड,ग्यास्ट्रिक,अल्सर, अपच,कब्जियत,पायल्स, फिस्टुला, लगमयतको उपचार हुने व्यवस्थापक पौडेलले जनाए । अस्पतालमा झापा ,इलाम,पाँचथर,ताप्लेजुङ,भोजपुर,मोरङ सुनसरी ,धनकुटाबाट समेत विरामी आउने गरेको अस्पतालका अध्यक्ष शिव ढुङ्गेलले जानकारी दिए ।
इलामबाट आएकी विरामी डिकमाया राई अस्पतालको सेवा राम्रो भएको बताइन् । ताप्लेजुङदेखि आएका अर्का बिरामी वीरबहादुरले भने,‘ कम्मरको पीडाले अतालिएको थिएँ, यहाँको उपचारले मेरो शरीर चङ्गा जस्तै भएको महसुुस गरिरहेको छु ।’
कम्मर,दाहिने गोडा बढी दुख्थ्यो, पोल्थ्यो अहिले राम्रो भएको उनले बताए । अस्पतालमा भेटिएका अर्का एक सेवाग्राहीले आफ्नो रोग २१र२२ दिनको उपचार पछि ठिक भएको सुनाए ।
स्पार्क अस्पतालले निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएको छ । वार्षिकोत्सवको अवसर पारेर चैत्र १२ गते निःशुल्क शिविरको तयारी भइरहेको व्यवस्थापकले पौडेलले जनाए । ०७० साल चैत्र ०५ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले अस्पतालको उद्घाटन गरेका थिए ।