पूर्व प्रम खनालले गृहजिल्लामा मनाए जन्मदिन

इलाम, ६ चैतः पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो ६९ औं जन्मदिन मंगलबार गृह जिल्ला इलाम सदरमुकाममा मनाएका छन् । सोमबार जिल्लाकै प्रसिद्ध पर्यटकियस्थल सन्दकपुरको भ्रमण सकेर फर्किएका खनालले आफ्नो जन्म दिन आफ्ना शुभेच्छुक, राजनैतिक दलका प्रतिनिधि, एमाले सम्बद्ध भातृ संगठनका प्रतिनिधिहरुको साथ मनाएका हुन् । वि.सं. २००६ साल चैत ६ गते मेची अञ्चल इलाम जिल्लाको साँखेजुङ्गमा पिता पुड्कनाथ र आमा मधुमाता खनालको सातौँ सन्तानको रुपमा झलनाथ खनालको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक सम्म अध्ययन गरेका खनालले वि.सं.२०२५ सालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । रविलक्ष्मी मानन्धरसँग विवाह गरेका खनालको एक मात्र पुत्रको रुपमा निर्भिक चित्रकार खनाल रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता