इलाममा हरियो चियापत्ति टिपाई शुरु

इलाम ६ चैत्रः इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुन पलाउन थालेसँगै चिया टिपाई शुरु भएको हो ।
यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी थालेका छन् । केहि सम्म फुर्सद भएका चिया तथा कारखाना मजदुरको समेत अव ब्यस्तता वढ्ने छ ।
पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच वढाउन समेत छिट्टै टिपाई थालिएको हो । यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो बर्ष चैत अन्तिमबाट मात्रै पत्ति टिपाई सुरु भएपनि यो बर्ष चैतको पहिलो बाटै मुना चिया टिपाई शुरु भएको किसानहरुको भनाई छ ।
जिल्लाका लेकाली क्षेत्रमा अझै पुर्ण रुपमा चिया नपलाए पनि मध्यम र तातो बढेका क्षेत्रहरुमा चिया टिप्न सुरु गरिएको हो ।
पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने किसानहरुको भनाई छ । पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो उति त्यसपछिको बजारमा सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियोपत्ति भए पनि प्रशोधन गर्ने गरेका छन् ।
यस वर्ष छिटो पानी परेकाले यहाँका चिया किसानहरुमा खुसी समेत छाएको छ ।
तर कारखानामा किसान तथा सहकारीहरुले पुष महिना भित्रमा नै चिया दिने बारे सम्झौता गर्नु पर्ने भए पनि हाल सम्म गरेका छैनन् । सूर्योदय नगरपालिका इलामका  गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाइँले हाल सम्म सम्झौता गर्न कोहि पनि नआएको वताए । उन्नती परियोजनाले जिल्लाका किसानहरुलाई सहयोग गरि घरघरमा साना हाते चिया कारखाना भएका कारण सम्झौतामा नआएको बुझीएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता