
माङ्सेबुङ्ग, २६ असारः माङ्सेबुङ्ग गाउपालिका वडा नम्बर ३ निवासी धनजीत राईको घरमा मिति २०७५ जेष्ठ ४ गते आगलागी भएको थियो। अागलागिबाट २२ लाख बराबरको क्षति भएको उक्त पिडित पक्षलाई केहि राहत होस् भनि पाथिभरा मिडिया ग्रुपले केहि रकम प्रदान गरेको छ।
अध्यक्ष अमृत कुरुम्बाङ्ग तेह्रथुम हाल k.s.a रु.५०००, प्रथम उपाध्यक्ष निशान योङ्हाङ्ग माङ्सेबुङ्ग हाल मलेसिया रु.५०००, सह-सचिब कल्पना श्रेष्ठ धनकुटा हाल बिराटनगर रु.१०००, द्वितीय सचिब सरिता राई माङ्सेबुङ्ग रु.६00,प्रथम सह-कोषाध्यक्ष कल्पना चाम्लिङ्ग राई ईलाम हाल कुबेत रु.१000, मार्केटिङ्ग प्रमुख प्रबास शिशिर चन्चले सङ्खुवासभा हाल मलेसिया रु.२५०५, मार्केटिङ्ग प्रमुख प्रबास मिडिया प्रेमी राई सन्तोष भोजपुर हाल k.s.a रु.२७५०, मार्केटिङ्ग प्रमुख प्रबास सागर सुब्बा ईलाम हाल कतार रु.१०००, मार्केटिङ्ग प्रमुख प्रबास अभागी रोशन तामाङ्ग पान्थर हाल दुबई रु.२000, मार्केटिङ्ग प्रमुख नेपाल सितल सिर्जना राई ईलाम रु.१000,सदस्य सचिन निहाङ्ग राई सङ्खुवासभा हाल दुबई रु.२000,सदस्य लभ्ली प्रेम भाई पान्थर हाल मलेसिया रु.२०१७, सदस्य मोङ्गिलियन सङ्गम डिम्पल पान्थर हाल मलेसिया रु.१५९६, सदस्य भीम मग्रान्ति पान्थर हाल कतार रु.१०३२, सदस्य अबिरल बान्तावा राई भोजपुर हाल मलेसिया रु.१५१२, सदस्य बिनिता दुलाल ईलाम रु.१000, जिल्ला मार्केटिङ्ग अशोक ईधिङ्गो नोटेन्सन ताप्लेजुङ रु.१000, सदस्य नेवारनी अम्बिका उदयपुर रु.१000 रकम प्राप्त भएको छ।
यसरी सम्पूर्ण सदस्यद्वारा रकम संकलन गरी जम्मा रु. 33,000 यस ग्रुपका द्वितीय सचिव सरिता राईले पिडित पक्ष धनजीत राईको सुपुत्र उमिरन राईलाई हस्तान्तरण गरेको छ।
2070 सालमा स्थापना भई बिभिन्न कार्यक्रम,संघसस्था,खेलकूद र रेडियो सँग सह कार्य गर्दै आएको सामाजिक कार्यमा एक कदम अगाडी,मिडियाको दुनियामा पहिलो नेपाल सरकार द्वारा मान्यता प्राप्त पूर्ब अञ्चलकै सान मिडिया प्रति हाम्रो सम्मान भन्ने मूल उदेश्य बोकेर निरन्तर अगाडी बढिरहने र सामाजिक कार्यमा सधै अग्रसर रहने यस ग्रुपका अध्यक्ष अमृत कुरुम्बाङ्गले बताउनु भएको छ।