इलामे रिजाल परिवारको सहयोगि मन वुवाको १३ औँ दिनको पुण्य तिथिको अवसरमा आनाथलय र बृद्धाश्राममा सहयोग

इलाम, ९ साउनः इलाम नगरपालिका ५ धारापानीका लोक प्रसाद रिजालको १३ औँ दिनको पुण्य तिथिको अवसरमा उनका छोरा–बुहारी, छोरी–ज्वाईहरु र नातिनातिनीहरुले इलामको भञ्ज्याङमा रहेको राहासल बाल अनाथालय र माइखोलामा रहेको माइ भगवति बृद्धाश्रमलाई सहयोग गरेका हुन । 
रिजालका दुई  छोराहरु सूर्य प्रसाद रिजाल र युवराज रिजाल सहित छोरी ज्वाई र नातिनातिनीहरुले बुधबार अनाथालय र बृद्धाश्रममा गएर नगद सहयोग विभिन्न जिन्सी सामान र खानेकुरा वितरण गरेका थिए । 
रिजालका दुर्इ छाेरा छ बहिनी छाेरी र  ७  नाती १० नातिनी २ पनाती  २ पनातिनी रहेका छन् ।
रिजाल परिवारले अफुहरुले वुवाको तिथिमा अनाथहरु र बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउँदा खुसी व्याक्त गरेका थिए । मानिलाई कोहिन कोहिको सहारा चहिनेहुनाले बेसाहाराहरुलाई सहयोग गर्न पाउँदा अफुहरुलाई खुसी लागेको उनीहरुले बताए ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता