खड्काले गरे बालागुरु शिवालय धामलाई मुर्ती दान

इलाम, २४ असारः नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि तथा समाजसेवी डम्बर खड्काले माईजोगमाई गाँउपालिका १ नयाँबजारमा रहेको बालागुरु शिवालय धामलाई १९ किलो ग्रामको धातुको मुर्ती दान गर्नु भएको छ ।
आईतबार मन्दिरका सह सचिव शिव निरौलालाई खड्काले १ लाख ५ हजार मुल्य बराबरको धातुको मुर्ती हस्तान्तरण गर्नु भएको हो । मुर्ती हस्तान्तरण्ण गर्दै खड्काले मन्दिरलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाले आगामी दिनमा पनि धार्मीक संस्थालाई सहयोग गर्दै जाने बताउनु भयो ।
मन्दिरका सचिव याम रसाईलीले खड्काले गर्नु भएको मुर्ती दानले आफुहरुलाई थप काम गर्न हौसला मिलेको बताउनु भयो ।
चियाबारी एफ.एम.का अध्यक्ष  समेत रहनु भएका खड्काले जिल्लामा रहेका बिभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आउनु भएको छ । आईतबारै खड्काले माबुमा साउन १ गते लाग्ने मेलाका अवसरमा आयोेजना गरीएको फुटबल प्रतियोगीतका लागि नगद ५ हजार सहयोग गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता