माइजोगमाइमा पहिरोले घरमा क्षती

इलाम, २४ असारः माईजोगमाई गाँउपालिका ६ प्याङ्गमा पहिराले एक घरमा क्षती गरेको छ ।  आईतार बिहान ३ बजे पहिरो झर्दा स्थानीय सन्त बहादुर कुलुङ राईको एक तले काठको घर पहिरोले भत्काएको हो । माथीबाट आएको पहिरोले घरको सेन्टर वेरा  भत्काएको  छ । 
पहिरोले राईको भान्साघर,गोठ समेत जोखिममा रहेकाले घरमा वस्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोले घर भत्काए पछि राईको तीन जनाको परिवार बिस्थापीत भई छिमेकीकोमा बस्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता