प्रचुर पर्यटनको सम्भावना बोकेको इलामको चुलाचुलीको तीनकुने पोखरी

इलाम, २४ असारः इलामको चुलाचुलीमा रहेको सिमसार क्षेत्रमा यतिवेला एउटा सुन्दर पोखरी निमार्ण भएको छ । चुलाचुलीको तीनकुने पोखरी संरक्षणमा स्थानीहरु जुटेपछि सो पोखरी इलामको नयाँ पर्यटकीय गन्तव्य बनेको छ । स्थानीयले २०५२ सालमा पानीको अभावमा सिंचाईको लागि पानी जमाउँन बाँध बाँधेर निमार्ण शुरु भएको पोखरी अहिले सुन्दर पोखरीको रुपमा परिणत भएको छ । 
पूर्व गाविस अध्यक्ष  ओम नारायन खनालले यो ठाउँलाई पर्यटकीय क्षेत्र बनाउँन गरेको पहल यतिवेला सफल भएको छ । पोखरी निमार्णको लागि २०७२ सालमा सांसद् विकास कोषको १३ लाख ७० हजार खर्च गरेको र त्यस पछि पोखरी संरक्षण् समिति बनाई दर्ता समेत गरेर पोखरीलाई संरक्षण शुरु गरेका स्थानीयहरुले रास्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कोषबाट १६ लाखद ९६ हजार सात सय बाउन्न रुपयाँ स्थानीयको श्रमदानको रु  ४ लाख ३१ हजार एक सय बाउन्न र वडा कार्यलयको एक लाख खर्च गरेर पोखरीको वरीपरी खतरा भएको ठाउँमा बाँध बनाउने घेरावारा गर्ने काम गरिएको छ । पाेखरी घुम्न अाउने पर्यटकहरूलार्इ बस्नकाे लागि बस्ने ठाउँहरू पनि  निर्माणा गरिएकाे छ ।
चुलाचुली गाउँपालिकाबाट गुरुयोजना तयार गरेर पोखरीलाई रमणिय पर्यटकीय स्थल बनाउन लागि परेको समितिका अध्यक्ष नगिन्द्र श्रेष्ठले माइपोखरी न्युजलाई जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता