
बिर्तामोड, ५ साउनः पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढेसंगै झापामा कन्सलटेन्सी खुल्ने क्रमपनि बढेको छ ।
उच्च शिक्षा अध्ययनपछि पनि स्वदेशमा विद्यार्थीले खासै अवसर नपाउने गरेको भन्दै विदेशिने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बृद्धिन्मुख छ । त्यसिमाथि पनि अष्टे«लिया जाने विद्यार्थीको लहर चलेपछि बिर्तामोडमा शुक्रवारबाट नयाँ कन्सलटेन्सीले सेवा सुरु गरेको छ ।
बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको भेटघाट चौतारीसंगै रहेर राईट एजुकेशनल सर्भिसेस प्रालिले सेवा शुरु गरेको हो । अष्ट्रेलियाका विभिन्न कलेज तथा युर्निभसिटीमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शुक्रवारबाट संस्था सञ्चालनमा आएको छ ।
२० लाख रुपैयाँको लागतमा संस्था सञ्चालनमा ल्याएको संस्थाका सञ्चालक तपश्या सुवेदी वस्नेतले जानकारी दिइन् । उनका अनुसार सो संस्थाबाट उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई करिअर काउन्सिसलङ, एजुकेशनल प्लानिङ, कम्प्लिट डकुमेन्टेसन, भिषा प्रोसेसिङ र आइइएलटीएस तयारी कक्षा एउटै छानाबाट उपलब्ध गराइने छ । विद्यार्थीहरुलाई विगत सात वर्षदेखि आइइएलटीएसमा अनुभव प्राप्त तथा व्रिटिस काउन्सिलबाट तालिम प्राप्त लेडी इन्ट्रस्क्टर तपश्या सुवेदी वस्नेत र वालमीकि लिङ्कन कलेजका प्रोगाम डाइरेक्टर किशोर वस्नेतले काउन्सिलिङ प्रदान गर्ने बताइएको छ ।