
मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो ।
त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।घटना राति १२ः३० बजे भएको प्रहरीले जनाएको छ । रातको समयमा जङ्गली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन् ।