इलाम, ८ कातिकः इलाम अन्य जिल्ला भन्दा कृषि उत्पादनमा अब्बल मानिदै आएको छ । इलाममा विभिन्न नगदेवालीहरुको उत्पादन हुने गरेको छ । पूर्वी नेपालको इलाममा विषेश गरेर चियाको खेती हुने गरेको भए पनि यहाँका किसानहरुले अन्य नगदेवालीको पनि खेती गरेर राम्रो आन्दानी गर्ने गरेका छन् । इलाममा अदुवा, अम्लीसो, अलैँची जस्ता नगदेवालीको खेती भए पनि यतिवेला इलामका उत्तरी भेगका किसानहरुले भने मुला खेति गर्ने गरेका छन् ।
अन्य खेतीको तुलनामा कम मेहेनत र कम खर्च लाग्ने मुला खेती इलामका किसानले वर्षमा २ सिजन गर्ने गरेको र यसबाट राम्रो आम्दनी हुने गरेको इलाम सुर्योदय नगरपालिका १ धप्परटारका कृषक रमेश राई बताउँछन् ।
इलामको देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका, माइजोगमाई गाउँपालिकाको उत्तरी भेगमा हुने मुलाखेतीबाट वार्षिक इलाममा ६ कारोड वढी आम्दानी हुने गरेको छ । सिजनको बेला २० रुपायँ देखी ३० रुपयाँ सम्म विक्रीहुने मुला भारतको दार्जिलिङ, सिलिगुडी र नक्सालवाडीमा निर्यात हुने गरेको छ । नेपालको झापा पनि इलामको मुलाको राम्रो बजार हो ।
आफुहरुले उत्पानद गरेको मुला व्यापारीहरुले बारीमैआएर लैजाने गरेकोले पनि मुला खेती गर्ने सहज भएको र पहिला गर्दै आएको बन्दाकोपी खेतीमा रोग देखा परेपछि आफुहरु मुला खेती गर्न थालेको वताउँछन् मुला खेती कृषक जोसेव राई
इलामको उत्तरी भेगका लगभग दुहजार भन्दा धेरै कृषकहरु मुला खेती गर्दछन् तर सरकारी तवरबाट कुनै सहयोग नभएकोले यो खेतीमा पनि रोग लाग्ने चिन्ता किसानहरुमा कायमै छ । यसरी किसानहरुको जिविकोपार्जन गर्ने खेतीमा सरोकारवालाहरुको पनि साथ र सहयोग भए किसानले उत्पान गरेको सामाग्रीले राम्रो मुल्य पाउने र रोगको आक्रमणहुँदा सहज उपचार हुनेमा कसैको दुईमत छैन ।