आज टिका ग्रहण गर्ने दिन,हेर्नुस् आजको राशिफल !

वि.सं. २०७५ कार्तिक २ गते शुक्रबार, ईसवीय सन् २०१८ अक्टोवर १९ ,आश्विन शुक्ल दशमी, विजयादशमी,दशैँको टीका,देविविसर्जन, सूर्योदय विहान ६ः६ ,सूर्यास्त बेलुकी ५ः३१, नक्षत्रः धनिष्ठा, योगः शुल, करणः गर, चन्द्र राशिः मकर
      (टिकाको शुभ साइत विहान ९ः५१,अमृत बेला)
मेषः— मनमा हर्ष र उमंग थपिएला । उद्योगिहरुका लागि विशेष लाभ होला ।
बृषः— नसोचेको ठाउँबाट धन लाभ हुने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
मिथुनः— छोटा दूरीका यात्रामा रमाउने योग रहेको छ। परिवारजनसँग टाढिनु पर्दा मन खिन्न रहनेछ ।
कर्कटः— अध्ययन अध्यापन कार्य सफल रहनेछ । व्यापारबाट लाभ होला ।
सिंहः— काममा अपयश आउन सक्छ । दिनको अन्त्यमा घर परिवारमा केही रमाइलो गर्न पाइएला ।
कन्याः— सहयोगीहरु बढ्नेछन् । साथीभाइसँग रमाइलो गर्न सकिनेछ ।
तुलाः— अनेक प्रकारका तनावहरु दूर हुने योग छ । धन लाभ होला ।     
बृश्चिकः— यात्रामा केही सास्ती खप्नुपरे पनि दिन रमाइलो हुनेछ । मानसम्मानमा बृद्धि होला ।
धनुः— मिष्ठान्न भोजनमा सरिक हुनुपर्ला । सजिलै अरुको मन जित्न सकिनेछ ।
मकरः—  प्रेम प्रसंगमा रमाउने समय छ । मन भावुक र केही उत्ताउलो पनि बन्नेछ । 
कुम्भ ः— आँटेका र तोकेका काममा केही लाभ होला । विपरीत बुद्धिले केही धन हानी हुने योग छ ।
मीनः— सामाजिक र धार्मिक कार्यमा रुचि बढ्ला । दिनको अन्त्यमा घाँटी र टाउकोको समस्या आउन सक्छ । 
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता