आज आश्विन कृष्ण प्रतिपदा तिथि हेर्नुहोस् तपाईँको राशिफल

वि.सं. २०७६ कार्तिक ८ गते बिहीबार, ईसवीय सन् २०१८ अक्टोवर २५ ,आश्विन कृष्ण प्रतिपदा, सूर्योदय विहान ६ः९ ,सूर्यास्त बेलुकी ५ः२५, नक्षत्रः अश्विनी, योगः वज्र, करणः बालब, चन्द्र राशिः मेष
मेषः— स्वास्थ्यमा सकारात्मक परिवर्तन आउन सक्छ । व्यापारबाट आय बढ्ला । 
बृषः— धार्मिक क्षेत्रमा मन जाला । नचिताएको ठाउँबाट धन लाभ होला । 
मिथुनः— श्रम गरेअनुसारको लाभ मिल्ने योग छ । कर्मक्षेत्रमा प्रसंसा बढ्ला । 
कर्कटः— विद्वानको संगतले केही काम बन्नेछन् । धन लाभ होला । 
सिंह ः— मनमा सकारात्मक विचारले प्रवेश पाउने छ । मित्रजनसँग लामो यात्राको योग छ ।
कन्याः— अध्ययन अध्यापनमा केही बाधा आउन सक्छ । बेकारको यात्रामा सामेल हुनुपर्दा मन खिन्न होला ।
तुलाः— पारिवारीक जमघटले मनमा हर्ष र उमंग थपिएला । धन लाभ होला । 
बृश्चिकः— प्रतिष्ठामा आँच आउन सक्छ । दिनको अन्त्यमा मन चन्चल हुनेछ ।
धनुः— स्वास्थ्यमा केही समस्या आएपनि दैनिक कार्यहरु सफल हुनेछन् । 
मकरः—  राजनीतिक क्षेत्रमा मन जाला । फोकटमा धन हानी होला । 
कुम्भः— सामान्य चोटपटकको भय छ । आम्दानि भन्दा खर्च बढी हुने योग छ । 
मीनः— धार्मिक क्षेत्रमा समय व्यतित हुनेछ । सामान्य अपयशको सामना गर्नुपर्ला ।      
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता