इलामेली बबिनाले ल्याइन् नयाँ गीत (भिडियो सहित)


इलाम, ३० कार्तिकः इलामेली गायिका बबिना भट्टराई र गायक जगदिश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको गीत रिलिज भएको छोटो समयमै दर्शकस्रोताले निक्कै रुचाएका छन् । प्रेमिल जोडीको सम्बन्ध टुट्यो भने के होला भन्ने चिन्ता भाव र एक अर्काको माया बिना बाँच्न नसक्ने अवस्था गितले व्यक्त गरेको छ ।
 रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतको संगीत नारायण सुवेदीले गरेका हुन् । अनु र असोकले अभिनय गरेको उक्त भिडियोको निर्देशक केदार धितालले गरेका हुन् । भिडियोको छाँयाङ्कन अर्जुन तिवारी र उनको टिमले गरेका हुन् । निसान घिमिरेले सम्पादन गरेको उक्त भिडियो निक्कै राम्रो बनेको छ ।
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता