आज मार्गशीर्ष १ गते शनिवार हेर्नुहोस् तपाईको राशिफल

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर १ गते शनिबार , ईसवीय सन् २०१८ नोभेम्वर १७ ,कार्तिक शुक्ल नवमी,सूर्योदय विहान ६ः२५ ,सूर्यास्त बेलुकी ५ः११, नक्षत्र ःशतभिषा, योग ः व्याघात, करणः कौलव, चन्द्र राशि ः कुम्भ
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — फाइदाका लागि दौडधुप गर्नु पर्ला । सोच्ने शक्तिमा केहि ह्रास आउला । 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — अध्ययन अध्यापनमा मन जाला । नजिकको आफन्तबाट सहयोग मिल्न सक्ने योग रहेको छ । 
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — शत्रु परास्त होलान् । व्यापारमा सुधार आउनेछ । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — स्वास्थ्य कमजोर रहला । धन संग्रह गर्ने क्षमता बढ्ने योग रहेको छ । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — यात्राको अवसर प्राप्त हुन सक्ने योग छ । घरमा शुभ कर्म सम्पन्न होलान् । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — साहित्य र संगीतमा मन जानेछ । बोलेर अरुको मन जित्न सकिनेछ ।  
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — मानसिक तनावले सताउन सक्छ । खोज अनुसन्धानमा दिन बिताउनु पर्ने देखिन्छ । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — कार्यक्षेत्रमा सम्मान मिल्ने देखिन्छ । सामान्य शत्रु भय रहेको छ । 
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — बैदेशिक क्षेत्र तपाईको आज शुभ रहेको छ । रोजगारका क्षेत्रमा विभिन्न प्रस्ताव आउन सक्छन् । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — खर्चमा वृद्धि होला । नगरेका कामबाट अपयशको सामना गर्नु पर्ला । 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — पेशामा उतारचढाव हुन सक्छ । काल्पनिक कुरामा ध्यान जाँदा मन अशान्त रहला । 
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — बुद्धि र विवेकको प्रयोग गरेर काम सिद्ध हुने योग रहेको छ । सामाजिक कर्ममा मन जाला । 
 “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता