
इलाम, २ मंसिर, इलाम नगरपालिकामा पर्ने क्याम्पसरोड विगत १५ दिन देखि अवरोध भएको छ । टुँडिखेलको भित्तमा रहेको जग्गामा जीवेस सिं खत्रीले घरै नवन्ने ठाउँमा घडेरी खान्ने क्रममा क्याम्पसरोड अवरोध भएको हो । नगरपालिकालार्इ कुनै जानकारी नगराई घडेरी खन्दा बाटो सहित पहिरो खसेर बाटो अबरोध भएको हो ।
हामीले तत्काल जग्गा धनीलाई बोलाएर सो बाटो बनाउँन लागएका छौ । धेरै उचाइको वाल लगाउनु पर्ने भएकाले सो कार्य सम्पन्न गर्न ढिला भएको हो यहाँको स्थानीय इन्जिनीयरले सो वालको स्टमेट निकालन नसकेकोले बाहिरबाट इन्जिनियर ल्याएर काम सम्मपन्न गर्नु पर्ने भएको भन्दै जग्गा धनीले समय माग गरेकोले काममा ढीलाई भएको साथै सो बाटोको मर्मत सम्भारकार्य जग्गा धनीको खर्चमा हुने पनि इलाम नगरपालिकाका नगरप्रमुख महेश वस्नेतले जनकारी गराए ।
अहिले जुन ठाउँमा पहिरोले बाटो अवरोध भएको छ सो ठाउँमा बाटोको भाग कटाएर घर बनाउन पनि नमिल्ने नगरप्रमुखको भनाई छ ।
