आज मंसिर २ गते आइतवार हेर्नुहोस् तपाईको राशिफल

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर २ गते आइतवार , ईसवीय सन् २०१८ नोभेम्वर १८ ,कार्तिक शुक्ल दशमी,सूर्योदय विहान ६ः२६ ,सूर्यास्त बेलुकी ५ः१०, नक्षत्रःपूर्वभाद्रपद, योगः हर्षण, करणः गर, चन्द्र राशि ः कुम्भ
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — विज्ञापन र सहकारीको क्षेत्रमा लाभ उठाउन सकिएला । स्वास्थ्य सामान्य रहला ।  
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — विगतका कुराले मानसिक तनाव उत्पन्न होला । आर्थिकरुपमा क्षतिको भय रहेको छ ।  
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — अध्ययनमा बाधा आएपनि दैनिक कार्यहरु सम्पन्न हुनेछन् । सामाजिक क्षेत्रमा लाग्ने दिन रहेको छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — आफ्नो शरीरको ख्याल राख्नु होला । पिसाव सम्बन्धि रोगले सताउन सक्छ । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — व्यापारमा सुधार आउनेछ । फेसनका सामानबाट विशेष लाभ होला । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — कार्यक्षेत्रमा सावधानी अपनाउनु पर्ने देखिन्छ । मालसामान टुटफुट हुन सक्ने सम्भावना रहेको छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — विदेश यात्राको सम्भावना रहेको छ । शुभ समाचार सुन्न पाइएला । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — अनुभवले काम लिन सकिनेछ । महिलाबाट विशेष सहयोग मिल्नेछ । 
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — प्रेम प्रस्ताव आउन सक्छ । भाग्यमा चमक आउला ।  
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — मिष्ठान्न भोजनको अवसर मिल्न सक्छ । श्रमको मुल्याङ्क नहुँदा दुख पाइनेछ । 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — मित्रबाट सहयोग मिल्नुका साथै रमाइलो यात्राको सम्भावना रहेको छ । पढाइमा ध्यान जाला ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — धार्मिक क्षेत्र सामान्य रहला । मानसिक तनाव उत्पन्न होला ।  
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता