नेपाल बैंक लिमिटेडको शाखा इलामको मंगलबारेमा

मंगलबारे, २ मंसिरः इलामको पश्चिमी क्षेत्रको केन्द्र मंगलबारे बजारमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना गरिएको छ । देउमाई नगरपालिका स्थित मंगलबारे बजारमा एक समारोहका विच एक नम्वर प्रदेशका प्रदेश सांसद राम राना र देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेल तथा शाखा प्रमुख पर्शुराम शर्माले बैंकको उद्घाटन गरेका हुन् । 
बैंक स्थापनासँगै सुरुका दिनहरुका खाता खोलिने, रकम जम्मा र भुक्तानीको मात्र काम हुने शाखा प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार अबव चाँडै रेमिट्यान्स, कर्जा लगानी र अन्य सुविधा सञ्चालनमा ल्याइने बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रानाले अब विकासले गति लिएको बताएका थिए । 
गाउँगाउँका स्थानियले कमाएको रकम जम्मा गर्न र कर्जा लिएर काम गर्न सहज हुने भन्दै शाखा स्थापनाको अवसरका शुभकामना ब्यक्त गर्दै उनले गाउँगाउँ पुग्न पनि वित्तिय संस्थालाई आग्रह गरेका थिए । देउमाई नगरपालिकाका प्रमुख पोख्रेलले नगरलाई समृद्ध बनाउन यस बैंकको महत्वपुर्ण साथ रहने विश्वास ब्यक्त गरेका थिए । 
उनले नेपाल बैंकको शाखा स्थापनाले नगरबासीलाई हौसला प्रदान गरेको बताउँदै बैंकले पनि वित्तिय कारोवारलाई छिटो र छरितो ढंगबाट सञ्चालन गर्नुै पर्नेमा जोड दिए । शाखा स्थापना भएसँगै सो क्षेत्रका वित्तिय संस्थाहरुले समेत पैसा बचतमा सुरक्षा भएको बताएका छन् । सो क्षेत्रमा सञ्चालित डेढ दर्जन बढी वित्तिय संस्थाले संकलन गरेको रकम सदरमुकाममा नै रहेको शाखामा जम्मा गर्नु पर्ने बाध्यता थियो । अब भने सो झन्झट हटेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता