पाँच सय बढीलाई परामर्श

बिर्तामोड, ३० कार्तिकः अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले झापाको बिर्तामोडमा बिहीबार शैक्षिक मेला सम्पन्न गरेको छ । कंगारुले  देशका विभिन्न पाँच स्थानमा एकै पटक शैक्षिक मेलाको आयोजना गरेको हो । 
कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड नाम दिईएको उक्त मेलामा देश भरका विद्यार्थीलाई सही परार्मश दिने उद्देश्य राखिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एक दिने मेलामा ५०० बढी  विद्यार्थीले परामर्श लिएका छन् । मेलामा अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा र यूरोपका विभिन्न २४ विश्वविद्यालय र कलेजका प्रतिनिधिले परार्मश दिएका थिए । 
झापाको बिर्तामोडमा पहिलो मेला सम्पन्न भएको हो । कात्तिक ३० र मंसिर १ गते पुतली सडक काठमाडौँ, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेलाको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाले बताए । ‘सूचनाको अभावमा नेपाली विद्यार्थी ठगिन नपरोस् भन्ने हाम्रो उद्देश्य हो’ । उनले भने, ‘विदेश जान चाहने विद्यार्थीलाई आवश्यक जानकारी लिएर उनीहरु भएकै ठाउँमा पुग्ने लक्ष्यका साथ काठमाडौँ भन्दा बाहिर पनि मेलाको आयोजा गरिएको हो ।’ 
मेलामा आउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेको कंगारु एजुकेशन फाउण्डेशन बिर्तामोड प्रमुख नवीन ढुङगनाले बताए  । मेलामा सहभागि हुने विद्यार्थीको विदेश जाने प्रकृयामा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको व्यवस्था गरिएको ढुङगेलले जनाए ।  
आफू जान चाहेको देश, भाषा प्रशिक्षण, भिसा प्रकृया, आवश्यक खर्च, पढ्न चाहेको विषय र त्यसको महत्व, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी जस्ता चासोका विषयमा सम्बन्धित देशका प्रतिनिधिबाटै विद्यार्थीले परामर्श लिएका छन् । मेलामा विद्यार्थी, अभिभावकले सहभागिता जनाएका थिए । कंगारुले नेपालका विभिन्न शहरमा सातवटा, अष्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक गरी १० वटा कार्यालय मार्फत् शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता