इलाम महभिरका पारस १८ दिन देखि सम्पर्क विहिन, श्रीमतीद्वारा खोजिदिन अपिल

इलाम, ३० कर्तिकः इलाम नगरपालिका ८ महभिरका पारस वस्नेत कार्तिक १२ गते देखि परिवारको सम्पर्कमा नअएको भन्दै उनकी श्रीमती सरिता राउत (वस्नेत)ले खोजिदिन आग्रह गरेकी छन् । 
इलाम स्थित डेराबाट तलघर सम्म जान्छु भनेर हिडेका वस्नेत अहिले सम्म सम्पर्कमा नआए पछि श्रीमतीले खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयमा हुलिया समेत दिएको वताएकी छन् । 
वस्नेतकी श्रीमती र एक ७ वर्षिय छोरी रहेका छन् । 
इलाममा केहि समय यता घरपरिवारमा जानकारी नगराई हिड्नेको संख्यामा वृद्धिहुँदै गएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनले कसैले देखेमा भेटेमा नजिकैकाे प्रहरी कार्यालयमा खबर गरिदिनुहन अनुराेध गरेकीछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता