देउमाइमा जारी फुटबलको फाइनल सम्पन्न

  • बिमल अधिकारी 

३० कार्तिक  देउमाइ: इलाम देउमाइ नगरपालिकाको वार्ड न ९ नवमिमा जारी पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। जस बाट फक्ताङ्लुङ स्पोर्टिङ देनपा ९  लाई २  का बिरुद्ध ३ गोल गर्दै जितपुर युनाइटेड बिजयी भएको छ।
खेल अबधी भरिका उत्कृष्ट रतन खवास , उत्कृष्ट गोल रक्षक महेश लिम्ब,सर्बाधिक गोल कर्ता अमर लिम्बू जितपुर युनाइटेड  बाट र उदयमान खेलाडी सन्जोग लिम्बू फक्ताङ्लुङ स्पोर्टिङ  बाट घोसित गरि ट्रफि तथा मेडल प्रदान गरिएको थियो।
त्यस्तै खेल भरी सहयोग गर्ने बुद्धिजीवी ,व्यापारी,शिक्षक, सहयोग दाता, पत्रकार लगायत लाइ सम्मान गरिएको थियो।

इलाम र  झापाका गरि जम्मा २० टिमको सहभागिता रहेको खेलको बिजेताले नगद रु एकाउन्न हजार उपबिजेताले रु एकतिसहजार,  त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ताले ट्रफि मेडल तथा प्रमाणपत्र पाएका छन।
नेपाली काङ्ग्रेस इलामका डम्मर खड्का  ले प्रथम पुरस्कार, सुबास चिपालु निर्माण ब्यबसायी संघले दोश्रो पुरस्कार प्रायोजन गरेको खेल को अ्म्पायर ब्यबस्थापन बापतको खर्च भने बिब्ल्याटेका ब्यबसायी कृष्ण पौडेलले प्रायोजन गरेको बताइएको छ। नेपाल तरुण दल जितपुरले आयोजना गरेको प्रतियोगिता जितपुर माबीको खेलमैदानमा सम्पन्न भएको हो। नेपाल तरुण दल जितपुरका सभापति याम लिम्बूको सभापतित्वमा सम्पन्न समापन कार्यक्रम प्रदेश सभा सदस्य केदार कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती इलाम प्रमुख गणेश बरालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमनेपालि काङ्ग्रेस महासमिति सदस्य हरि खनाल ,भेशराज आचार्य ,केदार थापा ,देउमाइ नगर प्रमुख सुर्य पोख्रेल , उद्योग बाणिज्य संघ मङल्बारे अध्यक्ष तारा थापा, विभिन्न वडा का वडा अध्यक्ष ,विभिन्न संचार माध्यमका प्रतिनिधि लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता