इलामका किसानले उत्पादन गरेको दुधमा सेतोट्यामीको दादागिरी,स्थानीय आक्रोशित

शान्तिपुर,१७ कातिकः दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले इलामको रोङ गाँउपालिकाका किसानलाई झुक्याउने प्रयत्न गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।रोङ १ र २ का विभिन्न स्थानमा दुध संकलन केन्द्र स्थापना गरेर किसानको दुध संकलन गर्दै आएपनि पछिल्लो समय बन्द गर्ने भन्दै बारम्बार सुचना टाँस गरेर किसानले उत्पादन गरेको दुधमा दादागिरी देखाउन थालेको बताइएको छ ।

एक वर्ष अघिबाट रोङ–१ र २ को शान्तिपुर, सिरिसे लगात विभिन्न स्थानमा दुध संकलन केन्द्र स्थापना गरेर प्रतिलिटर ३५–४० रुपैंयामा दुध किन्दै आएको सेतोट्यामीले आगामी मंसिर–१ गतेबाट संकलन केन्द्र बन्द गर्ने सुचना टाँसेपछि गाई पालक किसानहरु आक्रोशित भएका हुन् ।

स्थानीय किसान इन्द्र अधिकारीले भने– रोङ–१ र २ बाट करिब दैनिक आठ सय लिटर दुध सेतोट्यामीले किन्दै आएको थियो । अहिले विभिन्न बहाना देखाएर दुध किन्दिन भन्दै छ हामी किसान अब के गर्ने ।

यस अघि आइतबारे स्थित दुग्ध चिस्यिान केन्द्रलाई दुध बेच्दै आएका शान्तिपुरका गाई पालक किसानले गाँउमै राम्रो मुल्य दिने सेतोट्यामी दुग्ध संकलन केन्द्र आएपछि किसानले डिडिसिलाई दुध बेच्न छाडेका थिए ।

डिडिसिलाई दुध दिन छाडियो एक वर्ष पछि सेतोट्यामीले बिच्चली बनाउने भयो यसरी किसानमारा उद्योगलाई किन कारबार्ही नगर्ने भन्दै स्थानीय किसान आक्रोशित भएका छन् ।

यता सेतोट्यामीका प्रोप्राइटर सुमन श्रेष्ठले आफुलाई घाटा लाग्ने भएकाले बन्द गर्न लागेको बताए । उनले भने–एक वर्ष भयो बाटोका कारण धेरै मुल्य पर्न गयो हामी अब बन्द छौं ।

दैनिक ८ सय लिटर दुध हुन्छ उनले भने–गाँउमै ३५–४० रुपैंया मुल्य दिएर दुध किन्न सक्दिन । यसअघि जे गरेका थिए त्यही गरे हुन्छ हामी सेतोट्यामी मंसिर १ गतेबाट बन्द गछौं ।

किसानलाई बिच्चली बनाउने हिसाबले विकल्प समेत नदिई बन्द गरे कारबार्ही गर्ने रोङ–१ का वडाध्यक्ष वुद्धिबहादुर ढकालले चेतावनी दिएका छन् ।

उनले भने एक वर्षसम्म घाटा नहुनु अहिले आएर घाटा भयो भन्दै किसानलाई बिच्चली बनाउने काम गरे सेतोट्यामी विरुद्ध जस्तो सुकै आन्दोलन गर्न पनि आफुहरु तयार रहेको उनको भनाई छ ।

रोङ गाँउपालिकाले वडा नम्बर–१ लाई गाईपालन र दुध उत्पादनको पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेपनि किसान भने दुध बिक्रि नहुने चिन्ताले चिन्तत बनेका छन् ।

किसानको समस्यालाई ध्यानमा राखेर रोङ–१ का जनप्रतिधिले सेतोट्यामीलाई किसान मार्ने काम नगर्न ध्यानाकर्षण गराई सकेको वडाध्यक्ष ढकालले जानकारी दिए ।

पछिल्लो समय रोङ–१ मा ब्यवसायिक गाई फार्म सञ्चालन गर्ने किसानहरु बढ्दै गएपनि पानी मुल्य बराबर दुध बेच्नु परेको भन्दै किसानले उचित बजारको ब्यवस्थापन गरिदिन पटक–पटक सरकारको ध्यानकर्षण गराएका छन् ।  आमसञ्चारबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता