नेपाल नेत्रज्याति संघ इलामको अध्यक्षमा फुयाल

इलाम १७,कार्तिक: नेपाल नेत्रज्योति संघ इलाम शाखाले इन्द्र फुयालको अध्यक्षतमा १४ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । शनिवार भएको दस्रो अधिवेसनबाट उपाध्यक्षमा डिकेन्द्र इदिङ्गो, सचिवमा विष्णु कार्की, सह सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा वविता लिङ्दम,सह—कोषाध्यक्षमा नुनुमा राई र सदस्यहरुमा क्रमश ः अभिषेक एक्तेन, हरिनाथ फुयाल, राजु राई, विरेन्द्र कार्की, वसुप्रसाद घिमिरे, वेदप्रसाद घिमिरे र पुष्पा देवी रिजाल निर्वाचित भएका छन् । त्यसैगरी नव निर्वाचित कार्यसमितिको शनिबार नै बसेको वैठकले खगेन्द्र देवान र ज्ञानु लामालाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।
शनिवार भएको दोस्रो साधारण सभाको अध्यक्षता इन्द्र फुयालले गराएका थिए भने प्रमुख अतिथिमा नेपाल नेत्र ज्योति संघका केन्द्रीय सह—कोषाध्यक्ष रविन्द्रलाल चौधरी रहेका थिए । उद्घाटन कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका संयोजक गणेश बराल, नेपाल कम्न्यूष्टि पार्टीका सचिवालय सदस्य किष्ण श्रेष्ठ, नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, महिला जागरण संघकी विष्णु दहाल आदिले शुभकामना मन्तव्य राखेका थिए । 
नेपाल नेत्र ज्योति संघले अहिले इलामको इलाम बजार र फिक्कल बजार गरी दुई ठाउँ आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा मंगलबारेमा आँखा उपचार केन्द्र र इलाम जिल्लामा  एउटा आँखा अस्पताल खोल्ने तयारी भइरहेको नव निर्वाचित अध्यक्ष इन्द्र फुयालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता