
केर्खा, १७ कार्तिकः पूर्व पश्चिम राजमार्ग अनतगत झापाको कमल गाँउपालिका ३ स्थीत केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा १ जना भारतीय गोर्खा शैनिकको मृत्यु भएको छ । अर्का एक जना सख्त घाईते छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटर साईकलमा सवार भारतिय सेनामा कार्यरत पाँचथर कुम्मयाक– ५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवण कुमार सेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लाईफलाईन अस्पतालमा दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक स्यामल सुव्बाले जानकारी दिए ।
मोटर साईकलमा दुइ जना सवार थिए । प्रहरीका अनुसार मृतकका दाजु ताराकुमार सेर्माको बिर्तामोडको विएण्सी अस्पतालमा उपचार भईरहेको बताएको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुति भ्यानले मोटरसाईकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न यातायातका साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।