हेलिवोथ फूटवल क्लब विव्ल्याटे २-१ गोलले विजयी

जसविरे, २० कार्तिकः हेल्लो जस्विरे फूटबल क्लव इलाम नगरपालिका २ र ४ द्वारा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । शुभ दिपावलीको अवसरमा छ वर्ष देखि निरन्तर संचालन हुँदै आएको उक्त फुटबल प्रतियोगिता यस वर्ष कार्तिक १२ देखि संचालन भएको थियो । 
प्रतियोगितामा आयोजक समेत गरी ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेलमा चापगैरी फुटवल क्लवलाई हेलिवोथ फूटवल क्लब विव्ल्याटेले २-१ गोलको अन्तरले पराजित गर्दै २०७५ सालको उपाधी हात पारेको थियो । बिजेता टिमलाई नगद एक्सठ्ठी हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता चापगैरी फुटवल क्लवलाई एक्चालिस हजार मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । हेलिवोथ फूटवल क्लब विव्ल्याटेले हेल्लो जस्विरेको खेल मैदनमा आफ्नो वर्चस्व कायम राख्दै निरन्तर तेश्रो वर्ष यो उपाधी हात पारेको हो । 
खेल शुरू भएको छैटौ मिनेटमा डिवक्स बाहिरबाट आशिष गुरुङको लामो प्रहारले हेलिवोथलाई एक गोलको अग्रता प्राप्त गरेको थियो भने बयालिसौ मिनेटमा मिलन लिम्बूले गोल थप्दै २ गोल अन्तर परेको थियो । चापगैरीको तर्फबाट सरोज राईले सड्चालिसौ मिनेटमा गरेको गोल बहेक लगातार पोल चार्ज भएको पनि अरू गोल हुन नसक्दा हार बेहोरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी चापगैरी फुटवल क्लवका अन्गेस राई, उत्कृष्ट गोलरक्षक चापगैरी फुटवल क्लवकै चन्दन मगर, बडी गोल कर्ता हेलिवोथ फूटवल क्लबका दिवस राई, उत्कृष्ट गोलकर्ता हेल्लो जस्विरे फूटबल क्लवका रजिन बुर्जा र उदयमान खेलाडी कागातेपानी फूटबल क्लवको योजन गुरुङ भएको थियो । 
प्रतियोगिता फाइनल खेलको उद्घाटन ईलाम नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक शुशिला नेम्वाङ्गले गर्नुभएको थियो ।
तस्वीर ताथा शव्द मिलन मुखिया
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता