- बिमल अधिकारी

कार्तिक १९ देउमाइ : इलाम देउमाइ नगरपालिकाको वार्ड न ९ जितपुर नवमीमा हिजोबाट पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ।नेपाल तरुण दल गाउकार्यसमिति जितपुरको आयोजनामा शुरु भएको खेल अन्तर्गत आजको खेलमा जितपुर युनाइटेड ले एक का विरुद्ध तीन गोल गर्दै SFC देनपा ९ लाई पराजित गरेको छ।
इलाम झापाका गरि जम्मा २० टिमको सहभागिता रहेको खेलको बिजेताले नगद रु एकाउन्न हजार, उपबिजेताले रु एकतिस हजार त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ताले ट्रफि मेडल तथा प्रमाणपत्र पाउने छन।जितपुर माबीको खेल मैदानमा संचालित खेलको फाइनल भने कार्तिक ३० गते हुने छ।नेपाली काङ्ग्रेस इलामका डम्मर खड्का ले प्रथम पुरस्कार,निर्माण ब्यबसायी संघ इलाम अध्यक्ष सुबास चिपालुले दोश्रो पुरस्कार प्रायोजन गरेको खेल को अ्म्पायर ब्यबस्थापन बापतको खर्छ भने बिब्ल्याटेका ब्यबसायी कृष्ण पौडेलले प्रायोजन गरेको बताइएको छ।
नेपाल तरुण दल गाउ कार्यसमिति सभापति याम लिम्बुको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रम नेपाल तरुण दल छेत्रीय सभापति राजेन्द्र केरुङको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधि खडानन्द अधिकारी ,नेपाली काङ्ग्रेस छेत्रीय सभापति गोबिन्द गिरि लगायतको आतिथ्यमा सम्पन्न भएको आयोजक समिती सदस्य बेल ब पत्रेले बताउनु भयो।