इलाममा लगानी सम्मेलन गर्न काठमाण्डौँमा बैठक

इलाम, १८ कर्तिकः इलाममा हुने लगानी सम्मेलनको तयारी बैठक आइतबार काठमाण्डौँमा सम्पन्न भएको छ । काठमाण्डौँको सिनामंगल स्थित एरपोर्ट होटलमा भएको तयारी बैठकमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षता तथा पूर्व प्रधानन्त्रि एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपालका साना तथा ठूला लगानीकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । बैठकमा  उद्योगी, व्यापारी, व्यवसायीहरु तथा लगानिकर्ताहरुको उपस्थिति रहेको थियो ।
बैठकमा नेकपा एमालेका उपनेता सुवास नेम्वाङ, उद्योग वाणिज्य संघका भवानी राणा लगायतले नेपालका ठूला लगानिकर्ताहरुले इलाममा लगानी गर्ने वातावरणको नितिगत रुपमा सरकारले वातावरण बनाई लगानी आकर्र्षित गरेमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । राज्यले लिएको समृद्धिको नारालाई सार्थक तुल्याउन पूर्वी नेपालको इलाममा लगानी सम्मेलन हुने भएको हो । इलाम नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला उद्योग बाणिज्य संघ इलामको संयुक्त आयोजनामा यही कात्तिक २५ गते सम्मेलनको आयोजना हुने भएको हो । सम्मेलनको पूर्व तयारीको क्रममा आज काठमाडौंमा भएको अन्तक्र्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले लगानीको लागि इलाममा सम्पूर्ण आधार तय भइसकेकोले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो । 
 कार्यक्रममा पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको सौन्दर्य , सुसंस्कृत समाज र सहयोगी वातावरण लगानीका लागि महत्वपूर्ण भएको बताउनु भयो । 
नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले इलामको धेरै क्षेत्रमा महासंघले लगानी गरेको चर्चा गर्दै अर्को बर्ष महासंघकै अगुवाईमा इलाममा लगानी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा सांसद एवं उद्योगी उमेश श्रेष्ठ, महासंघका पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, उपाध्यक्ष शेखर गोल्छा , चन्द्र ढकाललगायतले लगानीका लागि बन्नु पर्ने शर्त र वातावरणमाथि प्रकाश पार्नुभएको थियो । इलाम नगरपालिकाका मेयर महेश बस्नेतले लगानीका लागि निजी क्षेत्रले खोजेको र चाहेको वातावरण नगरपालिकाले तयार गरिसकेको बताउनु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता