
इलाम, १८ कातिकः प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको इलाम शाखाले विमा वपतको २४ लाख रकमको चेक हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले आइतबार आफ्नै कार्यालयमा एक कार्यक्रम गरेर सो रकम हस्तान्तरण गरेको हो ।
केही समय अगाडी खनाल कन्ट्रक्सनको रोलर दुर्घटनाको विमा दावी अनुसारको २४ लाख रकम हस्तान्तरण गरेको हो । खनाल कन्ट्रसनको रोलर केही समय अगाडी मेची राजमार्गको किटेनी खण्डमा दुर्घटनामा परेको थियो ।
खनाल कन्ट्रकसनका सञ्चालक गंगा खनालको हातमा इन्स्युरेन्सका शाखा प्रमुख टीकाराम पुरीले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा वैंकर संघका अध्यक्ष विकास ओली, सन्राइज बैंकका शाखा प्रमुख मदन तिम्सीना, एसवीआई वैंकका शाखा प्रमुख दिपेन्द्र ठाकुर, हेवीइकुमेन्ट संघका अध्यक्ष दिपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
इन्स्योरेन्सले इलामको हकमा सवै भदा धेरै विमा दावी रकम हस्तान्तरण गरेको र अहिलेसम्म इलामका अन्य इन्स्योरेन्सहरुले पनि यति धेरै रकम हस्तान्तरण नगरेको शाखा प्रमुख पुरीले वताए । प्रिमियरले अघिल्लो आर्थिक वर्षमा २ करोड १५ लाखको इन्स्योरेन्स गराएको थियो भने १ करोड ४ लाखको विमा दावी भुक्तानी गरेको थियो ।
यो आर्थिक वर्षमा पनि ४६ लाख २० हजारको विमा दावी भुक्तानी गरिसकेको छ । खनाल कन्ट्रक्सनले अहिले २४ लाखको र यस अघि पनि पुलको विमा वापतको ९
लाख ५० हजार विमा दावी रकम पाएको गंगा खनालले वताए । प्रिमियरले अरु कम्पनीले भन्दा सहजै विमा दावी रकम भुक्तानी गर्दै आएको पनि शाखा प्रमुख पुरीले वताए ।
